मुख्य समाचार स्वास्थ्य

विश्व एड्स दिवसः २० वर्षमा एचआइभी भयो भने मान्छे ७२ वर्षसम्म बाँच्छ 

विश्व एड्स दिवसः २० वर्षमा एचआइभी भयो भने मान्छे ७२ वर्षसम्म बाँच्छ 

काठमाडौं । डिसेम्बर १ अर्थात आज विश्व एड्स दिवस । एचआइभी÷एड्स भएर ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि  र संक्रमितहरुको सुस्वास्थ्यको कामना गर्न यो दिवस मनाउन थालिएको हो ।

 

यस पटककको एड्स दिवसको थिम ‘आफूलाई एचआइभी छ छैन थाहा पाऔं’ भन्ने छ । ८० को दशकबाट देखा परेको एचआइभीले हालसम्म लाखौ मानिसको ज्यान लिइसकेको छ ।

 

धेरै प्रयासका वावजुद पनि एचआइभीमाथि वैज्ञानिकहरुले विजय पाउन सकेका छैनन् । एचआइभी निको पार्ने अहिलेसम्म कुनै औषधि पत्ता लाग्न सकेको छैन । 

 

तर एचआइभी संक्रमितको जीवन लम्ब्याउने औषधिहरु उपलब्ध छन् । विभिन्न खोज र अध्ययनहरुमा उल्लेख भएअनुसार यदि २० वर्षको उमेरमा कसैलाई एचआइभी संक्रमण भयो भने र उसले समयमै औषधि सेवन सुरु गर्यो भने उसले सामान्य मानिस सरह जीवन व्यति तगर्न सक्छ । 

 

एचआइभी संक्रमितहरुले भाइरस नियन्त्रण गर्ने औषधि सेवन गर्नु पर्छ । जसले उनीहरुको जीवन लम्ब्याउने काम गर्छ ।

 

एचआइभीलाई पछिल्लो समय प्राणघातक रोगका रुपमा लिन छाडिएको छ । किनभने एचआइभी भएर पनि ३० वर्षभन्दा बढीसमयदेखि धेरै मानिसहरु बाँचिरहेका छन् । 

 

यसो भन्दैमा यो संक्रमणलाई हल्का रुपमा लिन भने सकिन्न । किनभने हालसम्म यसले विश्वमा ३ करोड ५० लाख मानिसको ज्यान लिइसकेको छ ।

विशेष