मनोरञ्जन

श्रृंखला ‘हेड टु हेड च्यालेन्ज’ को टप २० मा प्रवेश

श्रृंखला ‘हेड टु हेड च्यालेन्ज’ को टप २० मा प्रवेश

काठमाडौं । चीनमा भइरहेको विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगितामा नेपालकी श्रृंखला खतिवडा समूह बिजेता हुँदै ‘हेड टु हेड च्यालेन्ज’ को टप २० मा प्रवेश गर्न सफल भएकी छन् ।

 

आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई भोटङमार्फत् हराउँदै श्रृंखला दोस्रो चरणमा पुगेकी हुन् ।

 

श्रृंखलाले एक भिडियो पोष्ट गर्दै आफूलाई समूह बिजेता बनाएकोमा सबैलाई धन्यवाद दिएकी छन् । 

 

दोस्रो चरणको प्रिजिन्टेसनका लागि तयार रहेको पनि उनले बताएकी छन् । ‘म नेपाललाई गौरवान्वित बनाएरै छाड्ने छु,’ उनले भिडियोमा भनेकी छन् ।


 

श्रृंखला खतिवडा विश्व सुन्दरी

विशेष