एसिया प्यासेफिक समिटको विरोध गर्ने ३० जना पक्राउ
काठमाडौं । राजधानीका विभिन्न ठाउँबाट प्रहरीले ३० जना भन्दा बढीलाई नियन्त्रणमा लिएको छ ।
एसिया प्यासेफिक समिटको विरोध गर्न सडकमा निस्केका ३० बढी व्यक्ति प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुलाई चुच्चेपाटीसहितका स्थानबाट नियन्त्रणमा लिएको हो ।
चर्च आवद्ध संस्थाहरुको सम्मेलन भएपनि सरकारले त्यसमा अनावश्यक भूमिका खेलेको र जोर(विजोर प्रणाली समेत लागू गरेर जनतालाई दुःख दिएको भन्दै विरोध भइरहेको छ ।
एसिया प्यासेफिक समिट