बाहिरी धर्म संस्कृति लिएकाहरुलाई राष्ट्रपति बन्ने अधिकार दिन हुँदैन (भिडियोसहित)
काठमाडौं । तीखो र चोटीलो विश्लेषणका लागि चर्चित अरुणकुमार सुवेदीले यसपटक नेपालआजमा आफ्नो नियमित स्तम्भ ‘कुरा खस्रा मीठा’मार्फत एसिया प्यासिफिक समिट रणनीतिक दृष्टिले नै हानिकारक रहेको टीप्पणी गर्नुभएको छ । उहाँले होली वाइनलाई ‘पवित्र जाँड’को संज्ञा दिनु भएकोछ । नेपालमा आयातित संस्कृति बोकेको व्यक्तिलाई ‘हेड अफ स्टेट’ हुन नपाउने कानुनको माग पनि गर्नुभएको छ । प्रस्तुत छ विश्लेषक सुवेदीले व्यक्त गर्नुभएको धारणाको सार उहाँकै शैलीमाः
‘फादर मुन विवादास्पद व्यक्ति थिए । फादरमुनको निधन २०१२ मा भएपछि उत्तराधिकारी को हुने भन्ने विषयमा छोराहरुबीच विवाद पनि भएको हो । त्यसपछि उनकी कान्छी पत्नी जसले आफूलाई जिससकी छोरी हुँ भन्ने दावी गर्छिन् । उनलाई मदर मुनका नामले चिनिन्छ । फादर मुनले युनिफिकेसन चर्च स्थापना गरेपछि सुपर न्यु टेस्टामेन्ट नामक किताब निकालेर बाइबलको नयाँ संस्करण शुरु गर्नुभयो ।
उहाँको उद्देश्य पनि क्रिष्चियन धर्म नै प्रचार गर्ने हो तर अरुको भन्दा फरक छ । उहाँले आफ्ना शिष्यहरुलाई आफूले मानिआएको संस्कार नछाडि क्रिष्चियन बन्न छुट दिनु भएको देखिन्छ । जनै पनि लगाउने, बाबुरको किरिया पनि गर्ने, दसैंमा टीका पनि लगाउने तर भित्रभित्रै चाहिँ क्रिष्चियन बनाइसक्ने शैली फादरमुनको थियो । त्यो नेपालमा पनि देखिन्छ । फादुर मुनका अनुयायीहरु क्रिष्चियन नै हुन् । तर उनीहरु हामी हिन्दुहरुले गरेका रिवाजहरु पूरा गर्छन् । एउटा समय आएपछि उनीहरुले सर्लक्कै आफ्नो असली पहिचानमा आउँछन् र आफूले मानिआएको धर्म संस्कृति परित्याग गर्छन् ।
शुरुमा धर्मपरिवर्तन गराउने र धर्मपरिवर्तन गर्दा नाम पनि परिवर्तन गरिन्थ्यो । त्यसो गर्दा विवाद भयो । पछि धर्मपरिवर्तन गराउनेहरु चलाख भए । उनीहरुले धर्म परिवर्तन गराएर नाम जे छ त्यही राखेर धर्मपरिवर्तन गराउन थाले । पहिलो पीँढीमा नाम नफेरिए पनि दोस्रो पीँढीमा भगवानको नाम नराखेर अन्य नाम राख्न थालियो । त्यो पनि प्रभावकारी नभएपछि अहिले फादरमुनको जस्तो शैलीले धर्मान्तरण हुन थालेको हो ।
सशस्त्र प्रहरीमा भद्रकाली गण, गढीमाई बाहिनी जस्ता सांस्कृतिक नाम थिए । त्यसले नेपालको निज संस्कृतिको प्रतिनिधित्व गथ्र्यो । त्यो भनेको धर्मान्तरण गर्दै हिँडेकाहरुका लागि असह्य भयो । उनीहरुकै षडयन्त्रमा ती नामहरु हटाएर एक नम्बर बाहिनी, दुई नम्बर बाहिनी राखियो । सशस्त्र प्रहरीका हाकिमहरु लस्करै भ्रष्टाचार अभियोगमा फस्नुको कारण पनि तीन नामहरु नै हुन् भन्ने कुरा छ ।
यहि फर्मुला राजेन्द्र छत्रीको पालादेखि सेनामा पनि सर्नेवाला छ । समाजलाई, राजनीति, सुरक्षा र कर्मचारीलाई प्रभाव पार्ने काम भएको छ ।
योृ पटकको एसिया प्यासिफिक समिटको विषय कुनै नयाँ होइन । पुरानैको निरन्तरता र एउटा चरणको क्लाइमेक्स हो । यसमा केपी ओलीलाई सिध्याउनु थियो । जुन सिध्याइयो ।
भारतबाट काम नपाएका एचडी देवेगौडा आएछन् । अर्का विजय जोली भन्ने व्यक्ति बिजेपीका दोयम दर्जाका काम नभएका, सांगठनिक प्रभाव पार्न नसकेका व्यक्ति पनि आएछन् । केपी ओलीलाई धुस्नु पार्ने काम भयो ।
युनिभर्सल पिस फेडेरेसनको प्रायोजनमा विदेश घुम्नेहरुको लिस्ट तयार पारियो भने थाहा हुन्छ, लगभग सबै सांसदहरुको नाम त्यसमा पर्छ । टोलीका टोली सांसदहरुलाई विदेश घुमाइएको छ ।
प्रधानमन्त्री आफ्नो कुन कोटरीबाट परिचालित भए भन्न सक्दिन । तर उनले आफूलाई करेक्सन गर्नु पर्छ । केपी ओलीले आफू पहिलोपटक प्रधानमन्त्री हुँदै भारतसँग सम्बन्ध बिगारेका थिए । भारतसँग कुरा नमिल्दा हामी जाने भनेको चीन हो ।
केपी ओली प्रधानमन्त्री हुँदा कमल थापालाई चीन पठाए । कमल थापा चीन उत्रिने बित्तिकै नेपालमा एकनाथ ढकाल मन्त्री भए । कुन शक्तिले त्यस्तो गर्यो ? भारतसँग त सम्बन्ध बिग्रकै थियो । चीनसँग पनि सम्बन्ध बिगार्न एकनाथ ढकाललाई मन्त्री बनाइएको थियो । समिटका कारण नेपाललाई आर्थिक क्षति भएको छैन । तर कुटनीतिक क्षति भएको छ । धर्मनिरपेक्षताबारे कोही बोल्दैनन् । धर्मनिरेपक्षको पक्षपातिहरु अहिले केपी ओलीको वरपर छन् ।
नेपालीहरुलाई दक्षिण कोरिया र फिलिपिन्सको जस्तो सांस्कृतिक शुन्यतामा लैजाने प्रयास भएकोछ । नेपालमा जस्ता खाले क्रिष्चियन पनि छन् । जुन सजिलो लाग्छ त्यो विकल्प प्रयोग गरेर हिन्दु संस्कृति मासिदै छ ।
हिन्दुहरुमा मुसलमानहरुमा जस्तो कट्टरता छैन । मुसलमानहरुलाई कट्टर बनाइयो । अब हिन्दुहरुलाई पनि कट्टर बनाउने प्रयास भइरहेको छ । कट्टर बनाउने र फ्रस्टेट बनाउने तयारी भइरहेको छ । इस्लामा जुन समस्या आएको छ त्यही समस्या हिन्दुमा पनि आओस भनेर प्रयास भइरहेको छ ।
राज्यलाई गैर सांस्कृति इकाई मान्न सकिन्न । राज्यकोृ संस्कृति हुन्छ । नश्लीय भने पनि भनून मलाई । नेपालको हेड अफ स्टेटले यहाँको मूल सांस्कृति प्रवाहलाई मान्नै पर्छ । नमान्नेहरु राष्ट्रपति हुन मिल्दैन । यो मेरो मान्यता हो । मलाई पुनरुत्थानवादी नै भने पनि भनून् । मेरो भन्नु के मात्रै हो भने आयातीत संस्कृति बोकेको व्यक्ति नेपालको हेड अफ स्टेट हुन पाउँदैन । हुन हुँदैन ।
एसिया प्यासिफिक समिट रणनीतिक हिसाबले पनि गलत भएको छ । मानिसहरुलाई पवित्र बनाउने नाममा पवित्र जाँड खुवाइएको छ । पञ्चामृत खुवाउँदा पनि हुन्थ्यो होला । त्यसो त गरिएन । म त होली वाईनलाई अझ पवित्र निगार भन्न मन पराउछु । आमेन नभनी बाप्टाइज्म गराइएको हो यसपटक ।’