क्रिष्चियनहरुलाई नियन्त्रण गर्न देशले फेरि पृथ्वीनारायण माग्यो
–अनिल बस्नेत ‘बाबा’
९४ प्रतिशत ओमकार परिवारका मानिसहरुको बसोबास भएको नेपालमा यतिबेला कालो बादल मडारिएको छ । ऋषिमुनीहरुको यो तपोभूमि क्रिष्चियनहरुको खेल मैदान भएकोछ । मैदान खाली गराउने काम नेपाल सरकारले गरेको छ । मैदानमा भइरहेको अश्लील खेलमा सरकार आफै पनि एउटा खेलाडी बनेको छ ।
एसिया प्यासिफिक समिटका नाममा काठमाडौंमा अन्तर्राष्टिय सम्मेलनको आयोजना भइरहँदा अनेकन प्रश्नहरु उब्जिएका छन् । भगवान पशुपतिनाथको मन्दिर भएको यो देशमा क्रिष्चियनहरुको यस्ता नांगो नाच यसअघि कहिले पनि देखिएको थिएन ।
बडामहाराजधिराज पृथ्वीनारायण शाहले उतिबेलै क्रिष्चियनहरु महाचतुर हुन्छन् भनिबक्सकेको थियो । क्रिष्चियनहरुले बाइबल बाँड्दै आउँछन् । बाइबल समातेर आँखा चिम्लेर यशुको नाम जप्न लगाउँछन् । आँखा खोल्दा बाइबल साथमै हुन्छ, यशुको नाम जप्नेको धनसम्पत्ति, पहिचान सबै क्रिष्चियनहरुको नाममा परिसकेको हुन्छ ।
वास्तवममा यो पटक यस्तै भइरहेको छ । नामै नसुनिएका देशका राष्ट, सरकार प्रमुखहरुलाई एक एनजिओले नेपाल बोलाउने र त्यसको खातिरदारी सरकारले गर्ने परिस्थिति निर्माण गरिएको छ । मजदुर किसान र गरिबले समेत तिरेको करको प्रयोग सरकारले एक क्रिष्चियन धर्म प्रचारक संस्थाका निम्तालुहरुका लागि खर्च गरेको छ । जबकी बहुसंख्यक हिन्दु भएको देशमा सरकारले हिन्दु धर्मका गुरुहरुको नेपाल भ्रमण हुँदा कुनै महत्व दिँदैन । यो भन्दा दूर्भाग्य के हुन्छ ?
आवरणमा हेर्दा सबै धर्महरु समान हुन् । सबै धर्मप्रति सद्भाव कायम हुनु पर्छ भनिएको छ । तर विभिन्न धर्मका बिकाउ व्यक्तिहरुलाई समातेर कथित धार्मिक सद्भावको सन्देश दिन खोजिएको छ ।
इसाई धर्मले मुलुकलाई समाप्त पार्ने र पश्चिमाहरुले आफ्नो साम्राज्य विस्तार गर्ने तथ्य अढाइ सय वर्षअगाडि बडमहाराजधिराज पृथ्वीनारायण शाहले बुझिबक्सकेको थियो । तर आजका राजनीतिक दल र यिनका ठेकेदारहरुले गरेको यो कर्मलाई यतिबेला सदर गरिरहेका छन् ।
शिव सेना नेपालले बारम्बार भनिरहेको छ कि यो देशलाई राम्रो संरक्षक चाहिएको छ । त्यो संरक्षक राजसंस्था मात्रै हुन सक्छ । ८४ प्रतिशत हिन्दु भएको मुलुक हिन्दुराष्ट नै हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । नेपाल विश्वको एक मात्रै हिन्दुराष्ट थियो । यो हिन्दुराष्टले विश्वमा हाम्रो बेग्लै पहिचान बनाएको थियो । १२५ करोड जनसंख्या भएको भारतका मानिसहरुले समेत हिन्दुधर्मको मूल नेपाल हो भन्ने ठान्थे । भारतमा अहिले पनि धेरै मन्दिरहरु छन् । जहाँ नेपालका राजाले मात्रै पूजा गर्ने अधिकार राख्छन् ।
आज त्यो गौरवशाली परम्परा अस्ताउँदो सूर्यको अवस्थामा पुगेको छ । यसको एक मात्रै कारण भनेको पश्चिमाहरु र विदेशी इन्टेलिजेन्सको षडयन्त्रमा नेपालका नेताहरु फस्न पुगे । केही स्वार्थ पूरा भएकै आधारमा नेपालको गौरव राजसंस्था र हिन्दु राष्टलाई तिलाञ्जलि दिए ।
शिव सेनाले यो तथ्य आम नेपाली दाजुभाई दिदीबहिनीहरुलाई विनम्रतापूर्वक भन्दै आएको छ । राजसंस्था, हिन्दुराष्ट र अखण्ड नेपालको माया गर्नेहरु अब संघर्षको मैदानमा उत्रिनै पर्छ । हामी गोलबन्द हुनै पर्छ । हाम्रा पुर्खाले खुँडा र तरबारले तोपसँग भिडेर जोडेको अखण्ड नेपालमा विदेशीको जुठोपूरोमा रमाउने निम्नकोटीका कुपुत्रहरुले ग्रहण लगाउन खोज्दैछन् । जसलाई यो देश प्यारो छैन, जसलाई यो हिमाल पहाड र तराई मधेस मिलेर नेपाल बनेको हो भन्ने स्वीकार हुँदैन, त्यस्ताले यो देश छाडेर भाग्ने वा मृत्युवरण गर्न तयार रहनु पर्ने अवस्था सिर्जना भइसकेको छ ।
नेपाली जाती वीर गोर्खालीका रुपमा संसारभर प्रशिद्ध छ । त्यही गोर्खालीको देशलाई आज कसैले खण्डीत पार्ने प्रयास गरिरहको छ । गोर्खालीको नाम सुन्दा हिट्लर र मुसोलिनी जस्ताको मुटु काम्ने गथ्र्यो, आज केही स्यालका छाउराहरु यो देश टुक्रा पार्ने दिवास्वप्न देखिरहेका छन् । यस्तो अवस्था आयो भने नेपाली सेनासँगै अर्को एउटा सेना पनि मिसिएर युद्ध गर्ने छ । त्यो सेनाको नाम शिव सेना नेपाल हुनेछ । नेपाली सेनाले जत्तिकै राष्टिय अखण्डताका लागि शिव सेना पनि मैदानमा खुँडा र खुकुरी लिएर उभिने छ । रगत बगाएर आर्जेको मुलुक जोगाउन फेरि रगत बगाउनु पर्छ भने त्यो रगत बगाउने पहिलो संगठन शिव सेना नेपाल हुनेछ ।
हाम्रा पुर्खाले आर्जको देश खण्डीत गर्न खोज्ने, हाम्रो मौलिक परम्परा र धर्म नामेट पार्न खोज्ने कसैले पनि क्षमा पाउने छैनन् । यो सत्य सबैले सून्न जरुरी छ । थाहा पाउन जरुरी छ । अब फेरि एउटा युद्धको लागि तयार हुने बेला आएको छ ।
श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको विभिन्न जिल्लामा भएको भ्रमणका बेला देखिएको जनलहरले अब मुलुक राजतन्त्र फर्काउनेतर्फ अग्रसर भइसकेको छ । ६२ ६३ सालको जनआन्दोलनका बेला राजसंस्था नै सबै समस्याको जड हो भन्ने भ्रम जनतामा छर्न विदेशीको जुठो पूरोमा रमाउने नेताहरु सफल भए । तर यो १३ वर्षमा जनताले मुुलुक बर्बाद पार्ने वास्तविक अपराधी चिनिसकेका छन् । ती अपराधीहरुलाई अब जनताले सडकबाटै बढारेर मिल्काइदिने छन् ।
जनताले ल्याउने आँधीबेहरीमा राजसंस्थाको सदासयता पनि चाहिएको छ । राजसंस्थाको अभिभावकत्व र सद्भावबीना आजसम्म नेपाल कहिँ कतै पनि सफल भएको छैन । यसकारण अबको युद्ध सामरिक पनि हुनेछ । शान्तिपूर्ण पनि हुनेछ । र दबाबमुलक पनि हुनेछ ।
संवाद, सडक र सशस्त्र सबै खाले युद्धका लागि शिव सेना नेपाल आम देशभक्त नेपाली दाजुभाई दिदीबहिनीहरुमा आग्रह पनि गर्दछ । जसले जस्तो प्रकारको युद्ध गर्न सक्छ, उसले त्यस्तौ प्रकारको रणनीतिमा सामेल हुन सक्छ । अबको युद्ध अधर्मी र पापीहरुको विनाशका लागि धर्मयुद्ध हुनेछ ।
यो युद्ध न्यायका लागि हुनेछ । आफ्नो मातृभूमिको रक्षाको लागि हुनेछ । देशको हित नचाहने पाखण्डीहरुको समूल अन्त्यकालागि हुनेछ ।
यसकारण आउनुहोस्, अब युद्धका लागि हातेमालो गरौं । यो युद्ध पशुपतिनाथको रक्षाका लागि भन्ने ठानेर लडौं । स्वतन्त्र राष्ट सम्झेर लडौं । अखण्ड नेपालका लागि लडौं । धर्म रक्षाका लागि लडौं । अधर्मी, दूराचारी, राष्टघातीहरुको दाहसंस्कारकालागि लडौं ।
(अध्यक्ष बस्नेतसँग भएको कुराकानीका आधारमा)