महिला विश्वकपको खेलतालिका सार्वजनिक, पहिलो खेल फ्रान्स र दक्षिण कोरियाबीच
काठमाडौं । फिफा महिला विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । पेरिसमा भएको ‘ड्र’अनुसार पहिलो खेलमा आयोजक फ्रान्सले दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्ने भएको छ । यी दुई बीचको खेल आगामी जुन ७ मा हुनेछ ।
विश्वकपमा सहभागि २४ टोलीलाई ६ समूहमा विभाजन गर्दा समूह ‘बी’ मा जर्मनी, चीन, स्पेन र दक्षिण अफ्रिका छन् । अस्ट्रेलिया समूह ‘सी’मा इटाली, ब्राजिल र जमैकासँग पर्दा समूह ‘डी’ मा इङल्यान्ड, स्कटल्यान्ड, अर्जेन्टिना र जापान परेका छन् । यसैगरी समूह ‘इ’ मा क्यानाडा, क्यामरुन, न्युजिल्यान्ड र नेदरल्यान्ड्स पर्दा साबिक विजेता अमेरिका समूह ‘एफ’ मा थाइल्यान्ड, चिली र स्विडेनसँगै परेको छ ।
एक महिनासम्म चल्ने विश्वकपमा कुल ५२ खेल हुनेछ ।