मुख्य समाचार

संवैधानिक परिषदको आजको बैठक पनि स्थगित

संवैधानिक परिषदको आजको बैठक पनि स्थगित

काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न डाकिएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा साँझ ५ बजे बोलइएको बैठक आगामी पुस ५ गते बस्नेगरी स्थगित भएको हो ।

 

 

बैठकले नयाँ प्रधानन्यायधीशका लागि न्याय परिषद्ले पठाएको नाममा छलफल गर्दै नियुक्तिका लागि सिफारिस गर्नेछ ।  संबैधानिक परिषदबाट सिफारिस भएको व्यक्ति संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति गर्ने संबैधानिक व्यवस्था   छ । 

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले सो अगावै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न परिषद्को बैठक बोलाइएको हो ।

 प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केन्द्रीय समिति बैठकका कारण चाडै बाहिरिएपछि गत १७ गते बसेको परिषद् बैठक निष्कर्षमा पुग्न सकेको थिएन । 

बैठकमा नयाँ ८ वटा संवैधानिक आयोग गठन गर्ने विषयमा सामान्य छलफल भएको थियो । साविकका अख्तियार, लोकसेवा, निर्वाचन र मानव अधिकार आयोग बाहेक, संविधानले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाती आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोग रहने व्यवस्था गरेको छ । 

विशेष