प्रवास

अमेरिका हिँडेका युवा साढे दुई करोड सकेर रित्तो हात फर्किए

अमेरिका हिँडेका युवा साढे दुई करोड सकेर रित्तो हात फर्किए

काठमडौं । करिब एक बर्ष अघि अमेरिका हिँडेका युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका छन् । 

 

दलालले उनीहरुलाई भारतको नयाँदिल्ली हुँदै रसिया, क्युवा पार गराएर अमेरिका पुर्याउने भनेको थियो । तर, बाटोमै जेल सजायसमेत भोगेर उनीहरु स्वदेश फर्किएका छन् । 

 

रोल्पाका २२ बर्षीया नरेन्द्र घर्तीमगर १ असोज ०७४ मा अमेरिका जान हिँडेका थिए । अमेरिका पुग्ने आसमा उनले ४८ लाख ५० हजार सिध्याए ।

 

भारतको दिल्ली हुँदै रसियाको मस्को, क्युवाको हवाना, पानामा, हाईटी हुँदै क्यारेबियन मुलुक ट्रक टिटस आईल्यान्ड पुगे ।

 

तर, अमेरिका पुगेनन् । टिटस आईल्याण्डमा सात महिना जेल परे । उनीसँगै गएका रोल्पाकै ३१ बर्षीया शेरबहादुर घर्तीले पनि सोही जेलमा सात महिना बिताए । 

 

​अमेरिका पुग्ने आसमा उनको पनि ४७ लाख २३ हजार सकियो । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

अमेरिका

विशेष