कभर स्टोरी भिडियो

नेपाली सेनाले हस्तक्षेप गरेर हिन्दुराष्ट्र र राजसंस्था फर्काउनु पर्छ (भिडियोसहित)

नेपाली सेनाले हस्तक्षेप गरेर हिन्दुराष्ट्र र राजसंस्था फर्काउनु पर्छ (भिडियोसहित)

डा. केबी रोकाय, नेपाल बौद्धिक मञ्चका अध्यक्ष र क्रिष्चियन धर्मावलम्वीहरुका पास्टर पनि हुनुहुन्छ । क्रिष्चियन धर्म मान्ने भएर पनि डा. रोकाय नेपाल हिन्दुराष्ट्र बन्नु पर्ने र राजसंस्थाको पुनस्र्थापना हुनुपर्ने विचार राख्दै आउनु भएको छ । प्रस्तुत छ उहाँसँग भएको कुराकानीको सारसंक्षेप उहाँकै शैलीमा:

 

नेपालमा इसाईहरुको क्याथोलिक र प्रोटेस्टेन्टको उपस्थिति छ । खासमा दुवै सम्प्रदाय एकै हो । १४ औं शताब्दीमा क्याथोलिक र प्रोटेस्ट्यान्ट भयो । अर्को अर्थाेडक्स भन्ने सम्प्रदाय पनि छ । मुख्य यी तीन वटा हुन् । रोमन क्याथोलिकको प्रमुख पोप भ्याटिकनमा बस्छन् । सबै क्याथोलिकका पोप सर्वोच्च गुरु हुन् ।

 

क्याथोलिकहरुले जिससकी आमा मरियमलाई मान्छन् । प्रोटेस्ट्यान्टहरुले यशूलाई मात्रै मान्छन् । मुख्य फरक यहि हो । प्रोटेस्ट्यान्टहरुको चर्च सबै स्वतन्त्र हुन्छन् । यिनीहरुको कुनै सर्वोच्च गुरु पनि हुँदैनन् । शुरुमा नेपालमा इसाई धर्म प्रचार गर्ने १६ शताब्दीमा क्याथोलिकहरु नै थिए । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि ती इसाईहरुलाई नेपालबाट बिदा गरियो । त्यसपछि लामो ग्याप भयो ।

 

करिब २ सय वर्ष नेपालमा इसाईहरु आएनन् । १९५० तिर नेपालमा राणाशासन अन्त्य भएपछि फेरि प्रोटेस्ट्यान्टहरु आए । क्याथोलिकहरु पनि आए । क्याथोलिकहरुले सेन्ट मेरिज, सेन्ट जेभियर स्कुलहरु सञ्चालन गरे । क्याथोलिकहरुले शिक्षा र सामाजिक विकासमा ध्यान दिए । प्रोटेस्ट्यान्टहरुले धर्मप्रचारमा ध्यान दिए । अहिले नेपालमा जति पनि क्रिष्चियन छन् सबैजसो प्रोटेस्ट्यान्टहरु छन् । क्याथोलिकहरु १ प्रतिशत भन्दा पनि कम होला ।

 

 

क्याथोलिक चर्चमा बाइबलमा नभएका परम्परा पनि मान्ने गरिन्छ । प्रोटेस्ट्यान्टहरुले बाइबलमा भएको जति मात्रै पालना गर्छन् ।

सबै धर्मले राम्रै्र कुरा सिकाउँछ । धर्मले समाजलाई निर्देशित गर्छ । राम्रै कुरा सिकाउछ । धर्मले राम्रो सोच्न सिकाउछ । नैतिकता पनि धर्मबाट नै प्राप्त हुन्छ । मानिसले कुनै न कुनै धर्म मान्नु पर्छ । धर्मभन्दा पनि अध्यात्मिकतामा विश्वास गर्नु पर्छ ।

 

">

 

क्राइष्टलाई आफ्नो पुत्रको रुपमा परमेश्वरले पृथ्वीमा पठाउनु भएको हो । बाइबलले पृथ्वीमा जन्मने सबै मानिस पापी हुन भन्छ । जन्मदै पापी भएपछि उनीहरुको पापबाट मुक्ति दिलाउन क्राइष्टको जन्म भएको विश्वास गरिन्छ । पापी मानिसको पाप हरण गरेर परमेश्वरको स्वर्गमा जान योग्य बनाउन क्राइष्टको जन्म भएको हो भन्ने बुझिन्छ । उहाँले सबै पापीको पाप बोकेर उहाँ मर्नु भयो । उहाँको शरिर गाडियो । र तीन दिनपछि जीवीत भएर फर्किनु भयो । त्यसपछि स्वर्ग जानुभयो । त्यो पनि सशरिर । यो कथा सबैलाई सुनाउ भन्ने गरिन्छ । क्राइष्टको यो महान आज्ञा हो । क्राइष्टलाई केही चढाउनु पर्दैन । संसारमा साढे दुई अर्ब मानिस क्रिष्चियन छन् ।

 

हिन्दुधर्ममा भएको संस्कारहरुलाई अन्धविश्वास भनेर क्रिष्चियनहरुले आफ्नो धर्म प्रचार गरिरहेका छन् भन्ने कुरा मात्रै हो । यो विश्वास र आस्थाको कुरा हो । अहिले म सबै धर्मको प्रबद्र्धन गर्न चाहन्छु । धर्म आफ्नो निजी कुरा हो । जसरी व्यक्ति खुसी हुन्छ उसले त्यही गर्छ । नेपालमा क्रिष्चियनहरुको संख्या बढेको देखिन्छ । नेपालका क्रिष्चियनहरुले केही गल्ति गरिरहेका छन् । क्रिष्चियानिटी कुनै धर्म होइन । क्राइष्टले उनका बारेमा प्रचार गर्नू भन्ने खुसीको खबर सबैलाई सुनाउ भन्नु भएको थियो । नेपालमा जबर्जस्ती धर्मप्रचार गरेको कुरा सत्य होइन ।

 

 

मुख्य कुरा क्राइष्टका बारेमा मात्रै सुनाउने कुरा हो । अरु कुरा सुनाउने वा प्रचार गर्ने होइन । क्रिष्च्यानिटीको मुख्य कुरा आत्मा नै हो । अर्थात अध्यात्म नै हो । बाँकी त कर्मकाण्ड नै हुन् । मृत्युपछिको जीवनमा बढी केन्द्रीत छ इसाई धर्म । क्राइष्ट आफैले पनि रोगीहरुलाई निको बनाउनु भएको थियो । अन्धाहरुले बोल्ने, बुंगाहरु बोल्ने, लंगडाहरु हिँड्ने गरेको कैयन किस्सा बाइबलमा छन् । भूतबाट मुक्ति पाउने भएको थियो । त्यो विश्वास अहिले पनि छ । केही गर्दा पनि बिसेक नभएकाहरु पनि यशुको प्रार्थना गर्दा बिसेक भएकाहरु पनि छन् । यो त एक विश्वास मात्रै हो ।

 

 

बिरामी हुँदा डाक्टर कहाँ जाने कि प्रार्थना गर्ने त्यो त उसको छनोटको कुरा हो । अस्पताल पनि जाने । चर्च पनि जाने । प्रार्थना पनि गर्दा राम्रै हुन्छ । व्यवहारिक, परिस्थिति हेरेर व्यक्तिले आफ्नो निर्णय गर्ने हो । मान्छेको विश्वासको कुरा हो । म त बिरामी हुँदा प्रार्थना गर्छु । डाक्टर कहाँ पनि जान्छु । प्रार्थना गर्दैमा निको हुने ग्यारेन्टी छैन ।

 

 

फादर मुनको धार्मिक संस्थालाई क्रिष्चियन मानिदैन । विश्वका अरु इसाईहरुले मुनको सम्प्रदायलाई इसाईको सम्प्रदाय मान्दैनन् । मुनका नेपाल हेड एकनाथ ढकाल हुनुहुन्छ । उहाँको अन्तर्वार्ता हेरेको छु । उहाँले पनि आफूलाई इसाई भन्नु भएको छैन । नेपालका इसाई नेताहरुले यो सम्प्रदाय इसाईसँग सम्बन्धित होइन भन्ने बुझ्नु पर्छ । शुरुमा यसलाई युनिफिकेसन चर्च राखियो । पछि संशोधन गरेर होली स्पिरिट एसोसियसन फर द युनिफिकेसन अफ वर्ल्ड क्रिष्च्यानिटी राखियो । अहिले फेरि अर्को नाम छ । त्यो नाम हो – फेमली फेडेरेसन फर वर्ल्ड पिस एण्ड युनिफिकेसन राखिएको छ । यसमा क्रिष्चियन र चर्च भन्ने केही पनि छैन ।

 

 

फादर मुनले आफूलाई जिससको संवाहक भन्नु र  उहाँकी कान्छी पत्नीले आफूलाई जिससकी छोरी भन्नु उहाँहरुको कुरा हो । विश्वका इसाईहरुले उहाँहरुको सम्प्रदायलाई क्रिष्चियन मान्दैनन् । फादर मुनले त आफ्नै धार्मिक ग्रन्थ निकाल्नु भएको छ । आफ्नै विधि विधान तयार पार्नु भएको छ । यसकारण यसलाई नयाँ धर्मको रुपमा बुझ्नु पर्छ ।

 

 

क्राइष्ट आफैले म फेरि आउनेछु भन्नु भएको छ । जब यो संसारको अन्त्य हुन लाग्छ त्यो बेला क्राइस्टको पुनर्जन्म हुनेछ । क्राइस्ट कहिले आउने भन्ने विषयमा अहिले नै भन्न सकिन्न । त्यो कुरा कसैलाई थाहा छैन । संसारको अन्त्य भएको बेला मात्रै हो आउने ।

 

 

बाइबलको दुई संस्करण छन् । एउटा वल्ड टेस्टामेन्ट अर्को न्यु टेस्टामेन्ट । पुरानो टेस्टामेन्ट मान्नेहरु यहुदी÷ज्युजहरु हुन् । पुरानो नियममा संसारलाई पापबाट मक्त गर्न मसिहा जन्मिने छन् भनिएको थियो । जिससको जन्म भएपछि उहाँले मै हो त्यो जन्मने मसिहा भने । त्यसलाइृ कतिले पत्याए । कतिले पत्याएनन् । जिससले फेरि संसारमा आउनु भएको छ । रिभरेन्ट मुन –फादर मुनले त्यो व्यक्ति मै हो भन्ने दावी गर्नु भयो । जिसस दोस्रो पटक आउँदा सीधै स्वर्गबाट आउनु हुनेछ भन्नु भएको थियो । उहाँ आएपछि संसारको अन्त्य हुनेछ भन्नु भएको थियो जिससले ।

 

पहिलेको युनिफिकेसन चर्च अहिले नाप परिवर्तन भएर फेमिली फेडेरेसन फर वर्ल्ड पिस फेडेरेसन भन्ने गर्नु भएको छ । उहाँहरुको धार्मिक ग्रन्थ भनेको डिभाइन प्रिन्सिपल हो । यसको पोलिटिकल विङ पनि छ । २२ भन्दा बढी राजनीतिक संस्था छन् । त्यस्तै शिक्षामा पनि प्रभाव छ । खेलकुदमा पनि छ । कर्ला र युएनसँग आवद्ध भएका संस्था पनि छन् । ठूला ठूला व्यापार पनि देखिन्छ । उद्योग व्यवसाय पनि उस्तै छ । उहाँहरुसँग आर्थिक साधन धेरै रहेछ । त्यो मध्ये एउटा युपिए अर्थात युनिभर्सल पिस फेडेरेसन एउटा छ । त्यसको शाखा नेपालमा पनि छ । त्यसको प्रमुख एकनाथ ढकाल हुनुहुन्छ ।

 

 

नेपालमा चर्चद्वारा आयोजित धेरै एनजिओ छन् । उदाहरणका लागि युनाइटेड मिसन टु नेपाल । अर्थात युएन । यो सबैभन्दा पुरानो एनजिओ हो । यो एनजिओलाई चर्चले स्थापना गरेको हो । नेपालमा यो आइएनजिओले धेरै काम गरेको छ । यसलाई पनि धर्म प्रचार गर्ने संस्थाको रुपमा पनि भन्न त सकियो । यसले के काम गरेको छ त ? भनेर हेर्दा पनि हुन्छ । तर यसको काम धर्मप्रचार नभएर सामाजिक काम गरेको छ ।

 

 

यो समिट विभिन्न धर्मसम्प्रदायबीच सद्भाव बढाउनका लागि आयोजना गरिएको हो । यसको धार्मिक पक्षसँग म सहमत छैन तर यसका अन्य कार्यक्रमहरु ठीक छन् । युपिएफ भन्ने एनजिओले शान्ति स्थापनाका लागि जुन काम गरेको छ त्यो सह्राना नै गर्नु पर्छ । विभिन्न मुलुकका विशिष्ट पदाधिकारीहरु नेपालमा आए । त्यो ठूलो कुरा हो । विभिन्न समसामयिक ग्लोबल विषयमा छलफल पनि भए ।

 

 

यो कार्यक्रमको प्रमुख आयोजक युपिएफ हो । अन्य सहआयोजक पनि छन् । यो कार्यक्रममा प्रधानमन्त्री आफै पनि सरिक हुनुभयो । शुरुमा त नेपाल सरकार पनि सहआयोजक थियो । सहआयोजक मध्ये अर्को आइएपीपी र आइक्याप हो । यो सांसदहरुको संस्था र राजनीतिक दलको संस्था पनि रहेछन् ।

 

यसमा भएका सेसनहरुमा कुनै धर्मविशेषको कुरा भएनन् । मुख्य विवाद भएको भनिएको एउटा एनजिओले कार्यक्रममा सरकार स्वयं किन सहआयोजक भयो ? भन्ने छ । यो विषयमा मैले बोल्नु भन्दा पनि अरुले बोलिहाल्छन् ।

 

म पनि त्यो  समिटमा गए । मैले धर्मनिरपेक्षताको विरोधमा बोले । नेपाल हिन्दुराष्ट्र हुनुपर्छ र नेपालमा राजसंस्था स्थापना हुनुपर्छ पनि भनेँ ।  १५ सय जनप्रतिनिधि आएको अन्तर्राष्ट्रिय मञ्चमा मैले बोल्ने अवसर पाएँ । मैले बोलेँ । मेरो कुरामा कसैले विरोध गरेनन् ।

 

अन्तिम सेसन धार्मिक देखिन्थ्यो । होली वाइन पिउने, मदरमुनको आशिर्वाद लिने कार्यक्रम थियो । अन्तिम कार्यक्रम धार्मिक प्रवृत्तिको थियो । मदर मुनले आशिर्वाद दिँदैमा कोही उनकै अनुयायी बनिहाल्ने भन्ने हुँदैन । म कुनै मन्दिरमा जाउँला, त्यहाँका पुजारीले मलाई आशिर्वाद दिए भने म हिन्दु भइहाल्ने हुँदैन । मस्जिदमा जाउँला, त्यहाँको इमामले कुनै आशिर्वाद देला । त्यसले केही फरक पार्दैन ।

 

 

जबर्जस्ती धर्मपरिवर्तन गराउन पाइँदैन । तर धर्मपरिवर्तन भने गर्न पाइन्छ । संविधानअनुसार कुनै पनि गलत क्रियाकलाप भएको छैन । प्रधानमन्त्रीले शान्ति र सुशासनको अवार्ड थाप्नु भयो । यस्तो अवार्ड कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाले पनि यस्तो अवार्ड लिनु भएको रहेछ । नेपालका विशिष्ट पदाधिकारीहरु पनि युपिएफको कार्यक्रममा सहभागी हुँदै आउनु भएको देखिन्छ । एसिया प्यासिफिकको तयारीको रुपमा नेपालका सातै  प्रदेशमा स्थानीय र प्रदेश प्रतिनिधिको सम्मेलन गरिएको रहेछ । त्यही बेला अन्तर्राष्ट्रिय मेयर संघ पनि निर्माण पनि गरिएको रहेछ । त्यसको घोषणा पनि समिटमा पनि भएको रहेछ । हामीले त्यसबारे धेरै सुनेनौं ।

 

 

युपिएफको युएन मै प्रभाव रहेछ । एउटा धार्मिक परिषद नै युपिएफले राखेको रहेछ । युपिएफको ग्लोबल नै प्रभाव छ । विदेशी मिडियामा पनि छ । यसको धार्मिक सेसनले बढी विवाद भएको हो ।

 

नेपाल सरकारले विदेशी विशिष्ट व्यक्तिहरुलाई बोलायो । सुरक्षा दियो । एनजिओले बोलाएको कार्यक्रममा विदेशी हेड अफ द स्टेट नआउने सम्भावना हुन्थ्यो । त्यसका लागि नेपाल सरकारले बोलाउँदा बढी रिलायबल बनायो ।

 

नेपालमा अश्लिलता फैलिँदो छ । अपराध, बलात्कार, पारिवारिक विखण्डन भइरहेको छ । यति धेरै पारपाचुके नेपालमा कहिले पनि हुँदैन थियो । नेपाल राष्ट्र जोगाउने हो भने राजसंस्था पुनस्र्थापना गर्नुपर्छ । नेपाललाई धर्मसापेक्ष हिन्दुअधिराज्य स्थापना गर्नु पर्छ । यसकालागि सेना अगाडि बढ्नु पर्छ ।

 

नेपाली सेनाले राष्ट्र नै विखण्डन हुन लाग्यो भने सेनाको कर्तव्य नै हो । सेनाले धर्मको पनि रक्षा गर्नु पर्छ । सेनाले सबैभन्दा बढी धर्मकै पालना गरेको छ । नेपालको सेना धार्मिक सेना नै हो ।

 

राष्ट्रमा भाँडभैलो हुन थाल्यो सेनाले हस्तक्षेप गर्नुपर्छ । संविधान संशोधन गरेर राजसंस्थालाई कुनै न कुनै अधिकार दिनु पर्छ । राजनीतिक निर्णय गरेर राजालाई पनि समावेश गरेर एउटा शक्ति बनाउनु पर्छ । जनताको कति धेरै ठूलो आस्था छ राजसंस्थामा । हो कि होइन ? यो राष्ट्र बचाउनका लागि राजनीतिक सहमतिमा पनि हुन सक्छ ।

 

 

 

विशेष