जनगणतान्त्रिक इन्जिनियर्स एसोसियसनद्वारा निर्वाचन बहिष्कार
काठमाडौं । जनगणतान्त्रिक इन्जिनियर्स एसोसियसन नेपालले एसोसियसनको ३२ औं केन्द्रीय समितिको निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । यही मंसिर २८ गते इन्जिनियर्स एसोसिएसनको चुनाव हुँदैछ ।
एसोसियसनका संयोजक सुरेशकुमार चौधरीले नेपाल इन्जिनियरनिङ एसोसियसन आम इन्जिनियरहरुको साझा संगठन बन्न नसकेकोले चुनाव बहिष्कार गर्नुपरेको बताए ।
नेइएको चूनाव समग्र इन्जिनियरहरुको हकहितको लागि भन्दा पनि राजनैतिक नियूक्ति प्राप्त गर्न फेस एक्स्पोजरको रुपमा प्रयोग गरिएको बताउँदै नेपाल इन्जिनियरिङ्ग एशोसियसनलाई हतियार बनाई आफ्नो निजि स्वार्थ परिपुर्ति गर्न कुःसंस्कारको खेल भइरहेको समेत उनले बताए ।
नेइएले प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रायः हरेक २ वर्षमा विगत ०१९ सालदेखि नै आफ्नो नेतृत्व चुन्दै आएको छ ।
मुख्यतः केन्द्रमा प्रगतिशील र प्रजातान्त्रिक खेमावीच प्रतिस्पर्धा हुँदैछ । प्रदेश स्तरमा थप दुई समूह गरी आम इन्जिनियर समुदायबाट अनुमोदित हुन चुनावी प्रतिस्पर्धा हुँदैछ । देशभरबाट केन्द्रीय कार्यकारिणी समितिको चुनावका लागि १७ हजार एक सय ५४ मतदाता छन् ।