मनोरञ्जन

 ‘चौका दाउ’को ट्रेलर सार्वजनिक , वर्षा राउतसँगै देखिए चार हास्यकलाकार

 ‘चौका दाउ’को ट्रेलर सार्वजनिक , वर्षा राउतसँगै देखिए चार हास्यकलाकार

काठमाडौं । ‘चौका दाउ’को ट्रेलर बुधबार रिलिज भएको छ। राजधानीमा  एक कार्यक्रमकाबीच चलिचत्रको ट्रेलर सार्वजनिक गरिएको हो।

 

हास्य जनरमा निर्माण गरिएको चलिचत्रको  ट्रेलरमा नायिका वर्षा राउतप्रति ४ पुरुषको तानातान र प्रतिष्पर्धा देखाइएको छ । सिनेमामा वर्षाको साथमा रविन्द्र झा, विल्सन विक्रम राई, निर्मल शर्मा, तैयब शाह, सन्तोष पन्तको मुख्य भूमिका छ ।


पुस २७ गते रिलिजको मिति तोकेको चलचित्र चौका दाउका निर्देशक भने पुणेन्द्रु झा हुन् । 

 

चलचित्रमा अभिमन्यू निरबीको पटकथा, बसन्त श्रेष्ठ र भिमफेदी गाइजको कोरियोग्राफी, दिर्घ गुरुङको छायांकन, रोशन श्रेष्ठको एक्सन, मित्र डी गुरुङको सम्पादन रहेको छ । यो चलचित्र पौषको २७ गतेबाट रिलिज हुन जानकारी यसको निर्माणपक्षले दिएको छ ।

https://www.youtube.com/watch?time_continue=170&v=nYcMlFlLkl8

विशेष