खेल

च्याम्पियन्स लिगः पीएसजी अन्तिम १६ मा पुग्न सफल

च्याम्पियन्स लिगः पीएसजी अन्तिम १६ मा पुग्न सफल

एजेन्सी । पीएसजी युरोपियन फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्न सफल भएको छ ।

 

समूह ‘सी’ मा स्विस टिम रेड स्टारलाई चार एकको भारी अन्तरले हराउँदै पीएसजी विजेताका रुपमा अन्तिम १६ मा पुग्न सफल भएको हो ।

 

रेड स्टार विरुद्धको जितका लागि खेलको नौ मिनेटमा काभानीले पहिलो गोल गरेका थिए ।

 

त्यसपछि ४० औं नेइमारले गोल गर्दै अन्तर दुई शून्यमा पुर्‍याए । तर ५६ औं मिनेटमा रेड स्टारले गोल फर्काउदै अन्तर कम गरेको थियो । रेड स्टारका लागि मार्को गोबेल्जिकले ५६ औँ मिनेटमा गोल गरेका थिए । 

 

७४ औं मिनेटमा र्माक्विनोसको गोलमार्फत पिएसजीले खेल तीन एकमा पुर्याए । खेलको इन्जुरी समयमा केलियन एम्बाप्पे अर्को गोल गरेपछि पिएसजी चार एकले विजयी भयो ।

च्याम्पियन्स लिग पीएसजी

विशेष