च्याम्पियन्स लिगः सलाहको एक गोलले लिभरपुल अन्तिम १६ मा

एजेन्सी । लिभरपुल युरोपियन फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।
नापोलीलाई एक शून्य गोलले पराजित गर्दै लिभरपुल अन्तिम १६ मा प्रवेश गरेको हो ।
नकआउट चरणमा जित्ने पर्ने दबावका साथ मैदानमा उत्रिएको लिभरपुलका लागि मोहम्मद सलाहको एक मात्र गोल निर्णायक बन्यो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलको ३४ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
त्यसपछि पनि नापोली खेलमा फर्कन निकै प्रयास गरे पनि सफल भएन र लिभरपुलले प्रिक्वाटरफाइनलमा स्थान बनायो ।
लिभरपुल च्याम्पियन्स लिग