अर्थ मुख्य समाचार

खोकना र बुङमती क्षेत्रको  जग्गाको मुआब्जा बढाउन सकिदैंन: गृहमन्त्री

खोकना र बुङमती क्षेत्रको  जग्गाको मुआब्जा बढाउन सकिदैंन: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले काठमाडौं–निजगढ फास्ट ट्रयाकको प्रस्थान विन्दु रहेको खोकना क्षेत्रको जग्गाको मुआब्जा वृद्धि गर्न नसकिने बताएका छन्

 

बिहीबार संघीय संसद राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले राज्यले तय गरेको मापदण्ड अनुसारनै खोकना र बुङमतीको जग्गाको पनि मुआब्जा वितरण गरिएको उल्लेख गर्दै त्यसमा पुनर्विचार गर्न नसकिने बताए ।


उनले  खोकना र बुङमती जग्गाको मुआब्जा वृद्धि गर्दा  देशब्यापी रुपमै असर पर्ने भन्दै यसमा पुनर्विचार गर्न नसकिने प्रतिक्रिया दिएका छन् । 

 खोकना र बुङमतीका स्थानीयले जग्गाको उचित मुआब्जाको व्यवस्था गर्न माग गर्दै आएका छन् । 

सो जग्गाको मात्रै मुआब्जा वृद्धि गर्दा देशभरका अन्य जग्गाको पनि मुआब्जा वृद्धि गर्नुपर्ने भएकाले पनि यसका पुनर्विचार गर्न सक्ने अवस्था नरहेको गृहमन्त्री थापाको भनाई छ । ‘गृहलाई समस्या के छ भने कि त मापदण्ड बदल्नुपर्‍यो, मापदण्ड अनुसार जाने हो भने मुआब्जा बढाउन त सकिदैन’ उनले भने ‘यो आयोजनामा मुआब्जा वृद्धि गर्दा देशब्यापी रुपमा संबोधन गर्नुपर्छ ।’


गृहमन्त्री थापाले खोकना र बुङमतीको जग्गाको मुआब्जा वृद्धि गर्न सरकारले तोकेको मापदण्ड मै पुनर्विचार गर्नुपर्ने पनि स्मरण गराए । 


 

विशेष