सफलताको कथा मेरो परिवार मेरो कथा

आफ्नै पौरखले माथि उठेका एक युवा

आफ्नै पौरखले माथि उठेका एक युवा

काठमाडौं । बुटवलको महेन्द्र चोकबाट केही उत्तरतर्फ गएपछि बायाँतर्फ पुरानो बसपार्क छ । नेपालगञ्ज रोडमा रहेको उक्त बसपार्क नजिकै रहेको ‘श्रेष्ट टेलरिङ’ मा मानिसको घुईंचो बढेको छ । किनभने मङ्सिरको महिना जो छ । आफ्नै पौरखबाट माथि उठेका युवा व्यवसायी जीवन परियारले १२ वर्ष अघि स्थापना गरेका हुन् उक्त कपडा पसल । 

 

एक तल्ला माथि रहेको टेलरमा मानिसहरूको बाक्लै भिडभाड हुने गर्छ । अझ मङ्सिरको महिना भएकाले अहिले अन्य समय भन्दा मानिसको चहलपहल बाक्लिएको छ । कामदारहरूलाई भ्याइ नभ्याइ छ ।  स्थानिय प्रतिष्ठित उद्योगी, व्यवसायी, राजनीतिज्ञको बाक्लै आवतजावत हुन्छ त्यहाँ । किनभने बुटवलमा जीवनको काम मन नपराउने सायदै कोही छन् । 

 

काठमाडौंको श्रेष्ठ टेलरिङमा काम गरेको ११ वर्ष पछि जीवनले बुटवलमा आफ्नै व्यवसाय सुरू गर्ने मनासाय राखे । आफ्नै ठाउँमा गएर केह गर्ने हुट्हुटीले जीवनलाई सधैं सताउथ्यो । अर्घाखाँचीका जीवन म्याग्दीका महावीर पूनबाट प्रभावित थिए । काम सिकेपछि बुटवलमा मानिसले पनि सेवा पाउन् भन्ने हेतुले उनले बुटवलमा ‘श्रेष्ट टेलरिङ’ को स्थापना गरेको बताउँछन् । अहिले बुटवलका चित परिचित व्यक्ति त्यहाँ पुग्छन् । हाल जीवनले श्रेष्ट टेलरिङमा बीज जनालाई रोजगार दिलाएका छन् । 



त्यसो त काठमाडौंको श्रेष्ठ टेलरिङमा हुँदा जीवनले धेरै चर्चित व्यक्तिको सुट सिलए । त्यहाँ सिकेको काम र अनुभवले नै आज उनले बुटवलमा आफ्नो संघर्षको छाप छोड्न सफल भएका छन् । उनले पूर्वराजा दीपेन्द्र शाहदेखि बाबुराम भट्टराईसम्मको सुट सिलाएका छन् । जीवनले कोट राम्रो सिलाउँछ भनेर धेरैजसो कोट सिलाउन आफूलाई अरूले रिफर गर्ने गरेको उनी बताउँछन् । 


श्रेष्ट टेलरिङमा रू ६५०० बाट सुरू हुने कोटको भाउ रू ३०,००० सम्म छ । त्यहाँ औपचारिक वेयरका लागि काम लाग्ने कपडा जस्तै सुट पाइन्ट, दौरा सुरूवाल, कोट सिलाइ हुने जीवनले बताए । उनका अनुुसार अधिकांश ग्राहक एक पटक आएपछि फेरि फर्किने गरेका छन् । यसलाई नै ग्राहकको सन्तुष्टि मान्छन् उनी । 

 

श्रेष्ट टेलरिङको स्थापना भएको बाह्र वर्ष भयो । काठमाडौंको श्रेष्ठ टेलरिङसँग नाम उस्तै भयो भनेर त्यहाँबाट केही प्रतिक्रिया आएन ? भन्ने प्रश्नमा उनले भने, ‘यसको नाम फरक फरक छ । उहाँँहरूले नै मलाई आफ्नो हिसाबले गर्नुस् तर लोगो चाहीं फरक राख्नुहोला भन्नुभएको थियो । मैले त्यही गरिरहेको छु ।’


जीवनको टेलर बुटबलको नेपालगञ्ज रोड पुरानो बसपार्कमा छ । यो ठेगानामा पुग्न गाह्रो भयो भने ९८४७ १६३१६६ र ०७१ ५४३६८३ मा पनि सम्पर्क गर्न सकिन्छ । 

जीवन परियार दीपेन्द्र शाह

विशेष