मुख्य समाचार

चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीशमा सिफारिस

चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीशमा सिफारिस

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमा चोलेन्द्र शमशेर राणालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । 

 

संवैधानिक परिषदको बिहीबार बसेको बैठकले राणालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । 
बिहीबारको बैठक समेत गरी प्रधानन्यायााधीश सिफारिस गर्नका लागि पाँच पटक बैठक बसिसकेको छ ।  जसले परिषद सदस्यको कार्यव्यस्तताको कारण बैठकले पूर्णता प्राप्त गर्न सकेको थिएन् ।

 एक महिना अघि नै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने भए पनि परिषद बैठक बस्न नसक्दा प्रधानन्यायाधीशको नाम सिफारिस हुन सकेको थिएन । 

 

हालका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अनिवार्य अवकासमा जाँदै छन् । 
 नयाँ प्रधानन्यायधीशका लागि न्याय परिषदले चोलेन्द्रसमशेर जवरा र दिपकराज जोशीको नाम सिफारिस गरेको थियो ।

दीपकराज जोशी यस अघि नै संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएकाले परिषद्ले जबराको नाम प्रधानन्यायाधीशमा सिफारिस भएको हो । 

२०१४ साल मंसिर २८ गते काठमाडौंको सुकेधारामा जन्मेका जबराले २०७१ सालदेखि सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका थिए । 


 संवैधानिक परिषदले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेका जबरालाई संसदीय सुनुवाइ विशेष समितिले स्वीकृत गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

विशेष