कभर स्टोरी

ओशो तपोवनः  कमजोरी लुकाउन श्रृंखलाबद्ध मिडिया उपयोग (तालिकासहित) 

ओशो तपोवनः  कमजोरी लुकाउन श्रृंखलाबद्ध मिडिया उपयोग (तालिकासहित) 

काठमाडौं । विवादमा परेको ओशो तपोवनमा मानिसहरु जाने क्रम पातलिँदै गएको छ । एकपछि अर्को विवादमा तानिएको ओशो तपोवनको अनियमितता नेपालआजले भण्डाफोर गर्दै आएको छ । संस्था संचालनदेखि उच्च पदस्थ व्यक्तिहरुलाई प्रभावमा पारेर नियमविपरीत राष्ट्रको ढुकुटी तपोवनमा दुरुपयोग भएको ठहर त सरकारी निकायले नै गरिसकेको छ । निकुञ्जभित्र भौतिक संरचना बनाएर राज्यको स्रोतको दुरुपयोगको विषयमात्रै होइन, एक एनजिओकोरुपमा स्थापित ओशो तपोवन सामाजिक संस्थाको मान्यताविपरीत पनि सञ्चालन हुँदै आएको आरोप लाग्दै आएको छ । 
एकपछि अर्को विवादमा तानिएपछि तपोवनले सञ्चारमाध्यमहरुको  दुरुपयोग गरेर नेपालआजविरुद्ध लड्ने र तपोवानेको ध्वस्त शाख उकास्ने नीति लिएको छ । कात्तिक र मंसिर महिनामा तपोवनले प्रिन्टि, अनलाइन, टिभी जस्ता सञ्चारमाध्यमलाई ‘युज’ गरेको छ । 

 

कुन मितिमा कसरी तपोवनले मिडियो उपयोग ग¥यो ? यसको फेहरिस्त निम्नानुसार छः 

 

 

मंसिर २४ मा न्युज २४ मा प्रशारण हुने बाहिरी कार्यक्रम ‘द कनेक्सन’  मा स्वामी आनन्द अरुण देखा परे । 

 

मंसिर २० मा अन्नपूर्णको सम्पूर्णमा ओशो तपोवनको कभर स्टोरी छापियो । कभरमा मोडल जस्तै देखिने एक महिला र एक पुरुष ध्यानमा मग्न भएको जस्तो फोटो छ । 

 

 

मंसिर १९ मा उनी सूर्योदय टेलिभिजनको सिधा कुरामा उनी गए । 

 

 

मंसिर २० मै स्वामी अरुणको अन्तर्वार्ता बोधी टेलिभिजनमा भयो । 

 

 

मंसिर ११ मा सगरमाथा टेलिभिजनमा पत्रकार जीवराम भण्डारीसँग एसटिभी च्याट गरे । त्यो अन्तर्वार्तामा स्वामीले नेपालआजको आलोचना गरेका छन् ।

 

 

मंसिर १ मा नागरिकमा ‘स्वामी आनन्द अरुणः मैले देखेको बोधिसत्व’ शीर्षकमा एक स्टोरी छापियो । 

 

 

कात्तिक २५ मा स्वामी अरुणका भक्त स्वामी ध्यान प्रवीण प्रवीणले १० महान कार्य भन्ने भाव बुझाउने ‘स्वामी आनन्द अरुणका १० गल्ती’ शीर्षक राखेर दैनिक नेपाल डट कममा लेख लेखे । जसलाई स्वामी आनन्द अरुणको फेसबुक पेजमा सेयर गरियो । 

 

 

कात्तिक २५ मै डिसी नेपाल नामक युट्युब च्यानलले ‘ओशो तपोवनमा छिर्दा...’ शीर्षकमा प्रभाव फिचर जस्तो लाग्ने भिडियो स्टोरी अपलोड गर्यो । ‘ओशो तपोवनमाथि भइरहेको सुनियोजित षडयन्त्र’ भन्ने स्टाटस राखेर तपोवनले भिडियो लिंक सेयर गरेको छ । जसबाट त्यो भिडियो ‘झिकी कटक’का रुपमा तयार पारिएको बुझन् सकिन्छ । 

 

 

कात्तिक २० मा क्यानडा नेपाललाई पनि स्वामी अरुणले अन्तर्वार्ता दिए । जसको उद्देश्य नेपालआजले गरेको भण्डाफोर टालटुल गर्नु थियो । 

 

 

कान्तिपुर दैनिकले कात्तिक १५ मा ‘तापोवनद्वारा निकुञ्ज अतिक्रमण’ शीर्षकमा र कात्तिक १६ मा ‘तपोवनलाई दिइएको ३७ रोपनी जग्गा फिर्ता’ शीर्षकको समाचारको सम्बन्धमा तपोवनले खण्डन पठायो । तर कान्तिपुर दैनिकले त्यसलाई पाठक पत्रमा राखिदियो । तपोवनले सरकारी जमिन अनाधिकृत रुपमा प्रयोग गरिरहेको र निकुञ्जले फिर्ता लिएको विषय ढाकछोप गर्ने तपोवनको प्रयत्न निक्कै फिक्का साबित भयो । 

 

 

नेपालआजले तपोवनबारे एक एक खुलासा गरिरहँदा केही अन्धभक्तहरुले निरन्तर ‘पत्रकारहरु बिक्री भएर समाचार लेखेको’, ‘भारतको पुनेस्थित ओशो फाउन्डेसनले नेपालआजलाई पैशा दिएको’ जस्ता आरोप लगाइरहे । तर ओशो तपोवन र स्वामी आनन्द अरुणले लगातार श्रृंखलाबद्ध विभिन्न मिडियालाई युज गरिरहँदा ती  अन्धभक्तहरुले ‘कसैको पक्षमा समाचार प्रकाशित गरिदिएबापत दिइने प्रलोभन...’ भन्न सकेनन् । 

 

ओशो तपोवनका मुख्य विवादहरु 


–ओशो तपोवनले ओशो रजनीशद्वारा लिखित पुस्तकहरु प्रकाशित गरेर बेच्ने गरेको छ । ओशो रजनीशको कपिराइट संवद्र्धन गर्ने भारत पुनेस्थित ओशो इन्टरनेशनल फाउन्डेसनले ओशो तपोवनलाई त्यस्तो नगर्न आग्रह गरेको छ । तर ओशो तपोवनले चलाखी गरेर भावअनुवाद गर्ने र कपिराइट आफ्नै राख्ने गरेको छ । 


–ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले दिने गुरुप्रसाद के हो ? भन्ने विषय रहस्यमय छ । केही सन्यासीहरुले यसलाई यौनसँग जोडेका छन् । स्वामीको गुरुप्रसाद सुन्दरी सन्यासीहरुले पाउने र त्यस्तो गुरुप्रसाद पाएपछि उनीहरुले क्यानडा, अष्ट्रेलिया जाने अवसर पाउने गरेको बताइन्छ । यो विषय निकै विवादास्पद मानिएको छ । तथ्य खुल्न सकेको छैन । 


–ओशो तपोवनले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको ३७ रोपनी जमिन अनाधिकृतरुपमा उपयोग गरेको प्रमाणित नै भयो । सो जमिन निकुञ्जले हालै फिर्ता लिएको छ । तपोवनमा मुलुकका शक्तिशाली पदाधिकारीलाई चाकडीका रुपमा आरती उतारेर स्वागत गर्ने र राष्ट्रको स्रोत तपोवन वरपर खन्याउन लगाएको पनि प्रमाणित भएको छ । निकुञ्जमा भुक्षय हुने भनेर जलउत्पन्न प्रकोप विभागले पर्खालहरु लगाएको छ । अनि निकुञ्जभित्रै कंक्रिटको सडक पनि बनाइएको छ– सरकारी खर्चमै । भन्नका लागि तपोवनले त्यो सरकारी निकायहरुले आवश्यकता हेरेर गरेको भन्न सक्छ । तर आवश्यकता हेरेर कर्णालीका जनतालाई सिटामोल नपुर्याउने सरकारी संयन्त्रले नियमले नै नमिल्ने निकुञ्जमा पर्खाल र सडक बनाएको कुरा पत्यारिलो छैन । 


 

र याे पनि, 

► ओशो तपोवनको दुव्र्यवहारमा परेकी महिलालाई एसियन मानवअधिकार आयोगको साथ

► तपोवनविरुद्ध यौनहिंसाको आरोप लगाउने महिलालाई नै दूर्व्यवहार

► ओशो तपोवनविरुद्ध स्थानीय आक्रोशितः सशक्त आन्दोलन गर्ने चेतावनी (भिडियोसहित)

► ओशो तपोवनलाई तह लगाउने हाकिम भन्छन्, ‘अख्तियारको त्रास देखाउन खोजियो’(भिडियोसहित)

► जसको विरुद्ध नगरपालिकामा उजुरी छ, उसैको खादा ओढ्ने यि मेयर 

► दश दिन हिरासत बसेर जसले नेपाली समाजलाई ओशो चिनाए 

► अन्ततः छुटे देवसुन्दर

► फेसबुकको फाेटाेले निम्त्याएको लफडाः शक्ति दुरुपयोगको कुरुप नमुना

► फेसबुकको फाेटाेले निम्त्याएको लफडाः शक्ति दुरुपयोगको कुरुप नमुना

► ओशो तपोवनले कसरी सरकारी जमिनमा हालीमुहाली गरेको रहेछ ?  पढौं

► भारतका चर्चित ओशो सन्यासी अशोक भारतीले भने, ‘आनन्द अरुणले मविरुद्धको आक्रोश देवसुन्दरमाथि पोखे’

► स्वामी आनन्द अरुणको पोखरामा मूर्ति छ, दिनहुँ पुजा हुन्छ (भिडियोसहित)

► महिलालाई यस्तो गराउने सम्मानित, फोटो फेसबुकमा राख्ने हिरासतमा 

► ओशो तपोवनविरुद्ध उजुरीः ओशोको नाममा व्यापार गर्ने कर नतिर्ने !

प्रवचनलाई कुनै स्वीकृति विना छापिएको पाइयो

► ओशो तपोवनका एक सदस्य भन्छन्, ‘स्वामी देवसुन्दरलाई झुण्ड्याउँछौं’

► भ्रम सिर्जना गरियोः ओशो तपोवन

► स्वामी देवसुन्दर भन्छन्, ‘साँचो बोल्दा आनन्द अरुणले प्रहरी लगाउन खोजे’ 

► स्वामी अरूणको चेतावनी : गुरूलाई धोका दिनेहरूको अनिष्ट निश्चित छ

► आखिर आनन्द अरुणबाट महिलाहरुले के पाउँछन् ‘गुरुप्रसाद’ ? (भिडियोसहित)

► ‘पशुपंक्षीमा विवाह हुँदैन, बलात्कार पनि हुँदैन’ (भिडियोसहित)

► ओशोका केही स्वामीहरु महिलाहरुलाई  ‘तिमी मेरो पूर्वजन्मको प्रेमिका हौं’ भन्छन् (भिडियोसहित)

विशेष