हारसँगै पोखरा राइनोज ईपीएलबाट बाहिरियो
काठमाडौं । पोखरा राइनोज एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।
ईपीएलको शुक्रबारको दोस्रो खेलमा काठमाडौं किंग्स इलाभेनले पोखरा राइनोजलाई ५ विकेटले हराएसँगै राइनोज प्रतियोगिताबाट बाहिरिएको हो । त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो चौथो खेलमा काठमाडौंसँग हार व्यहोरेसँगै एक खेल अगावै पोखरा घर फर्किने भएको हो ।
पोखराले शनिबार चितवन टाइगर्ससँग १ खेल खेल्न भने बाँकी छ । काठमाडौंले ३ खेलमा दोस्रो विजय हात पारेको हो ।
१६६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
जवाफी व्याटिङमा आएको काठमाडौंले ४ बल अगावै उक्त लक्ष्य भेट्टायो। काठमाडौंबाट केबिन ओुब्राइनले ३५ बलमा अविजति ५४ रन बनाए। उनले ३५ बलमा चार चौका र तीन छक्का प्रहार गरेका थिए ।
बलिङतर्फ विक्रम सोबले २ तथा शक्ति गौचन र सुशन भारीले १/१ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराका लागि रिचर्ड लेभीले २१ बलमा ३८, कायल कोएटरले २५ बलमा ३७ र पाउल कोलिनले ३८ बलमा ३७ रन बनाए।
त्यस्तै, काठमाडौंका कप्तान रोहन मुस्तफाले ४० रन बनाए । उनले ३१ बलमा सात चौका प्रहार गरे । बलिङतर्फ पोखराका लागि विक्रम सोबले दुई विकेट लिए ।
यसअघिका खेलमा पोखराले आफ्नो पहिलो खेलमा भैरहवा ग्लाडिएटर्ससँग चार विकेटले तथा ललितपुर प्याट्रिएटससँग आठ विकेटले पराजित भएको थियो ।
यस्तै तेस्रो खेलमा भने पोखरा विराटनगर वारियर्ससँग सुपर ओभरमा पराजित भएको थियो ।