स्वास्थ्य भिडियो

युवाहरु पनि वायु प्रदुषणको चपेटामा (भिडियोसहित)

युवाहरु पनि वायु प्रदुषणको चपेटामा (भिडियोसहित)

काठमाडौं । काठमाडौंको वायु प्रदुषणबाट युवाहरु समेत प्रभावित हुन थालेका छन् । सामान्यतः बालबालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग भएकाहरु वायु प्रदुषणको सिकार हुने गर्थे । तर पछिल्लो समय युवाहरु समेत श्वासप्रश्वाससम्बन्धी समस्या लिएर अस्पताल धान थालेका छन् । 

 

सिभिल अस्पताल, काठमाडौंका चिकित्सक विदेश विष्ट भन्छन्, ‘काठमाडौं खाल्डो प्रकृतिको भौगोलिक स्थितिमा छ । यहाँको प्रदुषित हावा हम्मेसी बाहिर जानै पाउँदैन । जसका कारण वायु प्रदुषणबाट उत्पन्न हुने रोगहरु बढ्दै गएको छ ।’ 

 

उपत्यकामा रहेका उद्योगहरु, सवारी साधनको धुवाआदिबाट हावा प्रदूषित हुने गर्छ । हावामा हाइड्रोकार्बन, लिड, नाइट्रोस अक्साइडलगायतको मात्रा बढी हुँदा त्यसको असर मानवस्वास्थ्यमा समेत पर्छ । डा. विष्ट भन्छन्, ‘यि तत्वहरु शरिरमा प्रवेश गर्दा रोग लाग्न थाल्छ । प्रदुषित हावाले धेरै बिगार्ने भनेको फोक्सोलाई नै हो ।’ 

 


 


 

प्रदुषित हावाका कारण ब्रोनकाइटिस, अस्थमा जस्ता रोग उत्पन्न हुन सक्छन् । अस्थमा अर्थात दमको पहिलो कारण धुमपान र दोस्रो कारण प्रदुषित हावा नै रहेको डा. विष्ट उल्लेख गर्छन् । 

 

प्रदुषित हावाका कारण आँखा  पोल्ने, छाला चिलाउने हुन सक्छ । आँखा, छालामा समस्या देखिन सक्छ । जस्तो छाला चिलाउने , आँखा पोल्ने देखिन्छ । 
 

विदेश विष्ट सिभिल अस्पताल वायु प्रदुषण

विशेष