बिहानको तापक्रम यो वर्षकै न्यून
काठमाडौं । काठमाडौंमा शुक्रबार बिहान चिसो बढेको छ । जल तथा पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाको बिहानको तापक्रम यो वर्षकै कम मापन गरिएको छ ।
बिहीबार बिहान काठमाडौंको तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहान साढे ६ बजेको तापक्रम यो वर्षमा अहिलेसम्मकै कम हो ।
तापक्रम घटेसँगै जाडो बढ्ने मौसमविद्ले जानकारी दिएका छन् ।
बिहीबार पहाडी भूभागको मौसममा बदली भए पनि अरु ठाउँको मौसम भने सामान्यतया सफा रहने मौसमविद्को अनुमान छ ।
यस्तै महाशाखाका अनुसार केही स्थानमा पानी पर्न सक्ने र हिमाली र उच्च पहााडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।