देश

३३ किलो सुनसहित समातिएकालाई मुद्दा चलाइने

३३ किलो सुनसहित समातिएकालाई मुद्दा चलाइने

काठमाडौं । भारतमा ३३ किलो सुनसहित पक्राउ परेका दुईजना आरोपीलाई नेपाल ल्याएर थप अनुसन्धान गरिने भएको छ । उनीहरुलाई मंसिर २१ गते भारतको कोलकातामा पक्राउ गरिएको थियो । 

 

पक्राउ परेका हेमप्रसाद शर्मा र राकेशप्रसाद नेपालको सुनतस्करीमा प्रख्यात् चुडामणी उप्रेती ‘गोरे’ समूहकै भएको निक्र्योलसहित गृह मन्त्रालयले उनीहरुलाई नेपाल ल्याएर थप अनुसन्धान अघि बढाउने काम शुरु गरेको हो ।


सुन तस्करीको गिरोह लगभग ध्वस्त बनाएकाले अहिले विमानस्थलबाट सुन तस्करी हुने सम्भावना प्राय शून्य छ । 

 सुन तस्करी हुने सम्भावना नभए पनि गोरे पक्राउ पर्नुअघि कोलकाताबाटै नेपाल आएकाले यो समूह गोरेकै हो भन्ने लगभग निश्चित रहेको हो । 

पक्राउ परेका दुवैजनालाई कोलकाताको महावाणिज्य दूतावासमार्फत नेपाललाई बुझाइदिन गृह मन्त्रालयले आग्रह गरेको छ । नेपालमा जस्तो भारतमा सुन तस्करलाई कडा कारबाहीको प्रावधान नभएकोले उनीहरुलाई नेपाल ल्याएर थप मुद्दा चलाउने गृह मन्त्रालयले तयारी गरेको हो । उनीहरुलाई भारतमा मुद्दा दायर गरेलगत्तै नेपाललाई बुझाउने गरी प्रक्रिया सुरु गर्ने मन्त्रालयको तयारी छ । 

गोरेलगायतका अभियुक्त पक्राउ परे पनि ३३ किलो सुन कहाँ छ भन्ने पत्ता लगाउन नसक्दा अहिले सरकार र नेपाल प्रहरीप्रति चारैतिर आशंका र आलोचना भइरहेको छ ।

विशेष