कभर स्टोरी भिडियो

नेपाल राष्ट्रले कसैलाई नसोधी यति ठूलो सम्मेलन गर्दा विरोध गरियो (भिडियोसहित)

नेपाल राष्ट्रले कसैलाई नसोधी यति ठूलो सम्मेलन गर्दा विरोध गरियो  (भिडियोसहित)

काठमाडौं । युनिभर्सल पिस फेडेरेसन -युपिएफ_को आयोजनामा एसिया प्यासिफिक समिटको आयोजना नेपालमा भएपछि नेपाली राजनीति र समाज तरंगीत भयो । युपिएफ नेपालका प्रमुख एकनाथ ढकालबारे आलोचना र चर्चाले पनि बजार तात्यो । आखिर युपिएफबारे किन यति धेरै आक्रमण भयो त < अध्यक्ष ढकालको संकेतअनुसार नेपाल जस्तो सानो  देशले आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर स्वतन्त्र ढंगले ठूलो सम्मेलन आयोजना ग¥यो । नेपाल राष्ट्रले आफ्नो स्वाधीन अधिकार प्रयोग गर्नु हुँदैन भन्ने मान्यता राख्नेहरुले यो सम्मेलनको विरोध गरेका हुन् ।

 


ठूला सम्मेलन आयोजना गर्दा छिमेकीहरुको अनुमति लिनु पर्छ, वा नेपाल आफैले आफूखुसी यस्ता सम्मेलन आयोजना गर्नु हुँदैन भन्ने मान्यता राख्नेहरुले यो विषयलाई बढी दुष्प्रचार गरेको ढकालले औंल्याए । नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले भने, ‘यो हिजोको नेपाल होइन । नेपाल आफैंले पनि अन्तर्राष्ट्रिय सभासम्मेलन गर्न सक्छ । यसमा कसैको अनुमति लिइराख्न पर्दैन । नेपालले हरेक निर्णय आफैले गर्छ । कसैलाई सोध्दैन । जसरी हिजो संविधान जारी ग¥यो ।’
 

 

नेपालमा बुद्धिजीवीका रुपमा कहलिएका र आफैंले पनि ठूलो सम्मान गर्ने व्यक्तिहरुले समेत ‘होली वाइन खुवाइएको’ ‘त्यसमा सात वर्ष अघि नै स्वर्गी भइसक्नु भएका फादर मुनको खै के  के मिसाइएको’, ‘जिससकी छोरी घोषणा गरिएको’ जस्ता बेहुदा अनर्गल प्रचार गरेको देखेर आफू आश्चर्यचकित भएको अध्यक्ष ढकालले बताए । उनले तथ्यहिन आरोपहरु प्रमाणित गरेर देखाउन चुनौती दिँदै भने, ‘हामीले सम्मेलनमा के के गरेका थियौं भन्ने बुझ्न सम्मेलमा सहभागी भएकाहरुलाई सोधे भइहाल्छ । ठूलो सम्मेलन सफल भएपछि खुसी साट्न सुन्तलाको जुस समाएर चियर्स गरेका थियौं । त्यसैलाई होली वाइन भनेर प्रचार गरियो । ’
 

">

मदरमुनका बारेमा पनि नेपालमा आधारहीन प्रचारभएको ढकालले उल्लेख गरे । उनले भने, ‘मदरमुनले कतै पनि जिससको छोरीका रुपमा प्रस्तुत गर्नु भएको छैन । जसरी अरु धार्मिक गुरुहरुले भन्छन् त्यसै गरी उहाँले आफू इश्वरीय छोरीका रुपमा पृथ्वीमा शान्ति, समृद्धी र भातृत्व कायम गर्न प्रयत्नशील भएको बताउनु भयो । त्यो कुरामा कसैले विरोध गरेनन् भनेर मैले बोलेको हुँ । तर त्यसलाई अुनवाद गर्दा उहाँ जिससकी छोरी भएको र त्यो कुरा नेपालमा कसैले विरोध नगरेको भनेर बाहिर ल्याइयो ।’
 

 

सम्मेलनका बारेमा शुरुदेखि नै ‘जिससकी छोरी’ घोषणा गर्ने भनेर दूष्प्रचार गरिएको ढकाल दावी गर्छन् । उनले सम्मेलनमा क्रिष्चियानिटीलाई प्रबर्द्धन गरिएको झुठो प्रचार पनि भएको उनले बताए । समिटमा सबै धर्मका गतिविधि भएको उनले प्रष्ट पारे । उनले भने, ‘समिटमा वेदका ऋचा वाचन भए, इस्लाम धर्मका मन्त्र उच्चरण भए । बौद्धमार्गीका ओम माने पेमे जस्तै पवित्र श्लोकहरु उच्चारण भए । कुनै धर्मको मात्रै गतिविधि भयो भन्नु सरासर हामीलाई बद्नाम गराउन खोज्नु मात्रै हो ।’
 

नेपालमा नेताहरुले युपिएफका बारेमा गरेका टिप्पणीहरु प्रति अध्यक्ष ढकालले भने, ‘ युनिभर्सल पिस फेडेरेसन -युपिएफ_को कार्यक्रममा विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियका संस्थापक अध्यक्ष नगेन्द्रप्रसाद रिजाल अमेरिकाको सन फ्रान्सिस्कोमा आयोजना भएको एसम्बली अफ वर्ल्ड रिलिजनमा सहभागी भएका थिए । राजा वीरेन्द्रले राजपरिषद स्थायी समितिका सभापति केशरजंग रायमाझीलाई अमेरिका पठाएर फादरमुनसँग विशेष वार्ता गराउनु भएको थियो । महामानव विपी कोइरालाकै मार्गनिर्देशनमा नेपालमा कार्यक्रमहरु भएका थिए । सबैले स्वीकार गरेको संस्थालाई बन्द गराउनु पर्छ भन्नु गगन थापाको भुल हुन सक्छ । उहाँले सबै कुरा बुझ्पछि आफ्ना धारणा सच्याउनु हुन्छ भन्ने मैले विश्वास लिएको छु ।’ 
 

विशेष