खेल

एभरेष्ट प्रिमियर लिगः आइतबार ललितपुर र भैरहवा भिड्दै  

एभरेष्ट प्रिमियर लिगः आइतबार ललितपुर र भैरहवा भिड्दै  

काठमाडौं । कीर्तिपुर क्रिकेट मैदानमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) मा आइतबार एउटा मात्रै खेल हुँदैछ ।

 

आज ललितपुर प्याट्रियोट्स र भैरहवा ग्लाडियटरर्स भिड्ने छन् । जारी प्रतियोगितामा ललितपुर शीर्ष स्थानमा रहँदा भैरहवा दोस्रो स्थानमा छ ।

 

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर र शरद भेषावकरको कप्तानीको भैरहवा दुवै आजको खेल जित्दै क्वालीफायर राउण्डमा प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रने छन् ।

 

आज विजयी हुने टिम शीर्ष स्थानमा रहँदै सिधै क्वालीफायर राउण्ड खेल्नेछ । क्वालीफायर राउण्डमा विजयी हुने टिम फाइनलमा पुग्दा पराजित हुने टिम एलिमिनेटर राउण्डमा खेल्ने छ ।

एभरेष्ट प्रिमियर लिग ललितपुर प्याट्रियोट्स भैरहवा ग्लाडियटरर्स

विशेष