न्याय पाउने आश गर्दै तनुश्री अमेरिका फर्किने तयारीमा
एजेन्सी । बलिउडका महसुर अभिनेता नाना पाटेकरलाई यौन दुव्र्यवहारको आरोप लगाउँदै चर्चामा आएकी अभिनेत्री तनुश्री दत्ता अमेरिका फर्किने तयारीमा छिन् । पाँच महिना अघि भारत आएकी उनले आफूमाथि भएको दश वर्षअघिको दुव्र्यवहारको केसलाई पूनः चर्चामा ल्याइन् ।
न्यायको पाइन्छ भन्ने आश गर्दै उनी अब न्यू जर्सी फर्किने तयारीमा छिन् । तनुश्री पछिल्लो केही वर्षदेखि अमेरिका बस्दै आएकी छन् । उनले भनिन्, ‘मेरो भविष्य उतै छ । तर म अर्को वर्ष फेरि आउनेछु । जब म मुम्बई आएकी थिए, एक महिनामा नै फर्किन्छु भन्ने सोच थियो । तर मलाई फर्किन नै पाँच महिना लाग्यो ।’
तनुश्री दत्ताले नाना पाटेकरलाई सन् २००८ मा फिल्म ‘हर्न ओके’ को एक गीतको सुटिङमा दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । उनले भनिन्, ‘यो मुद्दा कुन तातो या कुन चिसो छ थाहा भएन । तर यो सबै कुरा एक प्रकारको क्रान्ति हो । भविष्यमा यसको असर जरूर देखिन्छ । यो क्रान्तिल अब शोषण गर्नेहरूलाई बाँच्न असहज बनाइदिसक्यो ।’
तनुश्री आफूले न्याय पाउने कुुरामा विश्वस्त छिन् । उनले भनिन्, ‘म कसैको सहयोगबिना नै यस मामीलामा दश वर्ष बिताइसकेकी छु । कानूनी प्रक्रिया मेरो आसपास रहेर हुन्छ भन्ने छैन । यदि मलाई यहीं बसेर यो मामीलबारे नै सधैं लड्नुपर्छ भने कानून लागू गर्नेहरूको के काम ?’
तनुश्री दत्ता