अपराध सुरक्षा मुख्य समाचार

कोलकोताबाट ३३ किलो सुनसहित समातिएका दुवैजना गोरेको सहयोगी भएको पुष्टी

कोलकोताबाट ३३ किलो सुनसहित समातिएका दुवैजना गोरेको सहयोगी भएको पुष्टी

काठमाडौं । भारतको कोलकोतामा समातिएको ३३ किलो सुनको बारेमा नेपाल प्रहरीले अनुसन्धान शुरु गरेको छ । भारतीय प्रहरीद्वारा विषेश सूचनाका आधारमा कोलकोताबाट उक्त सुन समातिएपछि नेपाल प्रहरीले नेपालबाट गायब भएको ३३ किलो सुन भारतीय प्रहरीले बरामद गरेको सुनको बारेमा अनुसन्धान शुरु गरेको हो ।

भारतमा सुनसहित पक्राउ परेका २ जना नेपाली नागरिक यसअघि ३३ किलो सुनका मुख्य नाइके चुणमणि उप्रेती गोरेका सहयोगी भएका आशंका नेपाल प्रहरीले गरेको र भारतीय प्रहरीले पनि पक्राउ परेका व्यक्ति गोरेका सहयोगी भएको जानकारी नेपाल प्रहरीलाई गराइसकेको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिएको नेपाल समाचार पत्रमा खबर छ।

Nepal Police Churamani Upreti Gore

विशेष