मनोरञ्जन

मिस युनिभर्सको ताज फिलिपिन्सकी क्याट्रिओन ग्रेलाई, नेपाल टप टेनमै रोकियो

मिस युनिभर्सको ताज फिलिपिन्सकी क्याट्रिओन ग्रेलाई, नेपाल टप टेनमै रोकियो

मिस युनिभर्स २०१८ को ताज फिलिपिन्सकी क्याट्रिओना ग्रेले पहिरिएकी छन । थाइल्याण्डको बैंककमा सोमबार बिहान सम्पन्न फाइनल प्रतिस्पर्धामा दक्षिण अफ्रिकाकी सुन्दरी तमारिन ग्रिनलाई पछि पर्दै फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओनाले मिस युनिभर्सको ताज पहिरिएकी हुन् ।

 

दक्षिण अफ्रिकाकी सुन्दरी ग्रिन फस्ट रनरअप भइन भने सेकेन्ड रनरअप भेनेजुयलाकी स्थेफानी गुइटेरेज भइन् । फिलिपिन्सले मिस युनिभर्सको ताज योसहित चौथोपटक जितेको छ। यसअघि फिलिपिन्सले सन् २०१५, १९७३ र १९६९ मा पनि फिलिपिन्सले मिस युनिभर्सको ताज आफ्नो पोल्टोमा पारिसकेको छ।

 

नेपालबाट सहभागी मनिता देवकोटा टप टेनबाट बाहिरिएकी थिइन् । अन्तिम प्रतिस्पर्धामा देवकोटा यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन् । यसअघि विश्व सुन्दरी प्रतियोगितामा भाग लिएकी श्रृंखला खतिवडा पनि टप १२ सम्म पुगेर बाहिरिएकी थिइन् ।

Miss Universe

विशेष