रामरहिम र आशाराम बापुको पथमा नलागून स्वामी आनन्द अरुण
मन्त्र पढेको भरमा सम्पूर्ण समस्याको समाधान गर्ने भन्दै केही दैनिक पत्रिकामा ज्याकेट विज्ञापन गरेर मानिसहरुलाई पशुपति वनकालीमा बोलाइयो । असोज ६ र ७ गते वनकालीमा मानिसहरु बोलाउने पात्र थिए–कुमार स्वामी । उनी ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणका मित्र रहेछन् । मन्त्र पढेकै भरमा एक कप चिया त पाक्दैन भने दूनियाँ हार खाएको रोगदेखि अन्य सबै समस्या समाधान गर्ने भनेर पत्रिकामा विज्ञापन छपाउने कुमार स्वामीको समाचार नेपाल आजमा प्रकाशित भएपछि जोडिए स्वामी आनन्द अरुण र स्वामी देवसुन्दर ।
स्वामी आनन्द अरुण धेरै नेपालीहरुमाझ ओशो विचारधाराका एक अनुयायी र तपोवनका सञ्चालकका रुपमा परिचित छन् । हाम्रोलागि पनि उनको थप परिचय थिएन । ओशो केन्द्रहरुमा मानिसहरुलाई ध्यान गर्न सिकाइने र ओशोका अनुयायीहरु यौन सम्बन्धलाई सरलरुपमा लिन्छन् भन्नेसम्मको जानकारी धेरैलाई छ । यौनको मामिलामा उदार धारणा अपनाउने भएका कारण ओशो रजनीस स्वयं पनि आफ्नो कालमा चर्चित रहे । उनका अनुयायीहरु पनि यो मामिलामा वास्तवमै उदार हुँदा रहेछन् । यो नेपाल जस्तो समाजका लागि ‘एन्टी करेन्ट’ नै हो ।
कुमार स्वामीले पत्रिकामा विज्ञापन नै छपाएर नेपाली समाजमा अहिले पनि नटवरलालहरुको स्थान छ भन्ने सन्देश दिए । तर त्यो सन्देशले ओशो तपोवन यति धेरै विवादमा तानिएला र त्यहाँभित्रका बेथितिबारे मानिसहरु खुलेर कुराकानी गर्न आउलान् भन्ने सोचिएको थिएन । तपोवानका संस्थापक स्वामी आनन्द अरुणको आफ्नै निजी कम्पनी छ । तपोवन एक एनजिओको रुपमा स्थापित ध्यान केन्द्र हो । जसका संस्थापक स्वामी आनन्द अरुण हुन् । उनको उठबस राज्यका प्रभावशाली व्यक्तिदेखि विदेशी दूतावाससम्म हुने गरेकोले उनको शक्ति असाधारण रहेको मानिसहरुले लख काट्थे । उनका विरुद्ध नेपालका मिडियाहरुले लेख्न सक्दैनन् भन्ने कतिपयको बुझाइ पनि रहेछ ।
मूलधारका मिडियाले स्थान नदिने भएपछि तपोवनभित्रको बेथितिबारे जानकारी दिन इच्छुकहरुले वैकल्पिक मिडिया पनि खोजिरहेको अवस्था थियो । त्यही क्रममा स्वामी देवसुन्दर नेपालआजको सम्पर्कमा आइपुगे । जो लामो समय ओशो तपोवनमा आवद्ध भएर तपोवन स्थापित गराउन भूमिका खेल्ने सन्यासी थिए । ओशोको नाम जोडेर तपोवन सञ्चालन गर्ने तर कार्यशैली भने व्यापारिक, स्वामी–सेवक, अन्धभक्त उत्पादन गर्ने कारखाना जस्ता हुन थालेपछि विरक्तिएर स्वामी देवसुन्दरले तपोवन छाडेका रहेछन् ।
हामीले स्वामी देवसुन्दरलाई आफ्ना विचार राख्ने अवसर दियौं । स्वामी देवसुन्दरको अन्तर्वार्ता प्रकाशन भएकै बेला स्वामी आनन्द अरुणको पनि अन्तर्वार्ता गरेका थियौं । स्वामी देवसुन्दरले तपोवन बेथितिमा सञ्चालन भइरहेको अनेकन आधार र प्रमाणहरु पहिलो पटक नेपालआजमार्फत सार्वजनिक गरेका थिए । त्यो भण्डाफोरले ओशो तपोवनलाई झड्का लाग्यो ।
(हेर्नुहोस् देवसुन्दरसँगको वार्ता: ओशोका केही स्वामीहरु महिलाहरुलाई ‘तिमी मेरो पूर्वजन्मको प्रेमिका हौं’ भन्छन् (भिडियोसहित))
नेपालआजमा प्रकाशित अन्तर्वार्ता स्वामी आनन्द अरुण स्वयंले पनि आफ्नो फेसबुक पेजमा सेयर गरे ।
दसैंताक फेरि अर्की सन्यासी आइन् । उनको नाम अंश गुरुङ हो । तर उनले आफ्नो उपनाम ‘अंशु कविरा हो’ भन्थिन् । उनले नेपालआजसँगको अन्तर्वार्तामा त्यस्ता गम्भीर विषयमा पनि आफू जानकार रहेको उल्लेख गरिन् । स्वामी आनन्द अरुणविरुद्ध लागेको गम्भीर आरोपहरुबारे उनलाई सोधियो । उनले ती आरोपहरु आफूले सुनेको र त्यस्तो चर्चा चल्ने गरेको बताइन् । उनको अन्तवार्ताको सार थियो – आरोपहरु सत्य हुन् भन्ने लाग्छ । तर कतिपय कुराको प्रमाण हुँदैनन् ।
(हेर्नुहोस् अंशु कबिराको अन्तर्वार्ता: आखिर आनन्द अरुणबाट महिलाहरुले के पाउँछन् ‘गुरुप्रसाद’ ? (भिडियोसहित))
यसबीचमा ओशो तपोवनविरुद्ध केही गम्भीर आरोपहरु लागे । ती मध्ये केही आरोप सत्य प्रमाणित भए । केही हुनेक्रममा छन् । ओशो तपोवनका समाचारहरु एकपछि अर्को गर्दै सार्वजनिक हुँदै जाँदा स्वामी आनन्द अरुणका अन्धभक्तहरुले यो मात्रै भनिरहेका छन् कि – नेपालआजले आधारहिन सामाग्री प्रकाशित गरिहेको छ । र पीत पत्रकारिता गरिरहेको छ ।
अंशु कविराले प्रधानमन्त्री कार्यालयमा दिएको उजुरी नेपालआजले प्रकाशित गर्दा पनि आधारहिन नै भनियो । वा भन्न लगाइयो । एउटा सामाजिक संस्थामा २५ वर्षसम्म कुनै एक व्यक्ति मात्रै सदा अध्यक्ष हुनु स्वाभाविक हो ? बिडिए नामबाट चिनिने स्वामी आनन्द अरुणको एउटा निजी कम्पनी छ । जसका अधिकांश बोर्ड सदस्यहरुलाई ओशो तपोवनको ट्रष्टी बनाइएको छ । आफूनिकटका मानिसहरुलाई वा आफ्ना हनुमानहरुलाई मात्रै राखेर एनजिओ खोल्ने र आजीवन संस्था कब्जा गरेर धन्दा चलाउने अन्य संस्थाको खेतीपाती भन्दा फरक देखिएन ओशो तपोवन । यो तथ्य राख्दा पनि भनियो कि नेपालआजले पीत पत्रकारिता नै ग¥यो ।
ओशो तपोवनविरूद्ध लागेका निम्न आरोपहरू:
१) ओशो तपोवनको कुनै साधारणसभा पनि विधिवत भएको छैन । तपोवन र विडिए चलाउने केही मुठ्ठीर व्यक्ति छन् जसले तपोवनलाई आफ्नो कब्जाभन्दा बाहिर जान दिँदैनन् ।
२) संस्था कब्जा गर्न साधारण सदस्यहरु समेत आफ्नो हनुमान वा निकट हुन जरुरी छ । तपोवनले आफ्ना मान्छेबाहेकलाई सदस्यता नदिएको, आजिवन सदस्य भन्ने शीर्षक अन्तर्गत रू २५,००० सदस्य शुल्क लिएको, २० वर्षदेखि तपोवन भित्र २०, ३० र ७० लाख रूपैयाँ तिरेर कोठा खरिद गर्नेबाहेक अन्यलाई सदस्यता नदिएको ।
३) बिडिए नामक स्वामी स्वामी आनन्द अरूण को प्राइभेट कम्पनीको कर्मचारी र सञ्चालकलाई मात्र तपोवनको ट्रस्टी बनाइएको ।
४) विगत २८ वर्षेदखि एकैै व्यक्ति स्वामी आनन्द रमेश (रमेश राज कर्र्णिकारलाई) मात्र अध्यक्ष बनाइएको ।
५) श्रम शोषण तथा यौन शोषण गरेको ।
६) कर छुटको सुविधा लिइ राज्यलाई कर छलेको, कर कार्यालयले छानविन गर्दा केही कर र २ करोड रुपैयाँ दूरूपयोग गरी फाइल हिनामिना गरेको ।
७) सरकारको रातो किताबबाट ३ करोड बजेट लिई जंगल भित्र मूल बाटो बनाएको, आफ्नो निजी आवाशसम्म जानको लागि वन फडानी गरेको ।
आँखामा अन्धताको पट्टी नबाँध्ने हो भने यि आरोपहरुको गम्भीरता बुझ्न सकिन्छ । तर भदौंमा आँखा फुटेको गोरुले पराललाई पनि हरियो नै देख्छ । आशाराम बापु र रामरहिमका पनि करोडौं अन्धभक्त थिए । स्वदेशका पनि केही त्यस्ता अन्धभक्तको सवालमा तत्काललाई ‘राम राम’ मात्रै भनौं ।
स्वामी देवसुन्दरले नेपाल आजमार्फत तपोवनविरूद्ध आफ्नो अभिव्यक्ति दिएको केही समयमा नै ओशोे तपोवनका सन्ययासीहरूलाई असहज स्थिति भइसकेको थियो । आफ्ना सम्पर्क स्रोतहरुमार्फत प्रकाशन नगर्न या नगराउन ओशो तपोवनले पहल ग¥यो । प्रवासी पत्रकारहरू, उद्योगपति, व्यापारी, हाम्रा विज्ञापनदाता, तथा विभिन्न पत्रकारहरू मार्फत समाचार प्रकाशन नगर्न दबाब सिर्जना भयो ।
स्वामी आनन्द अरूणको विषयमा तथा तपोवनको अनियमितताको विरूद्ध अंशु कबिराको अन्तर्वार्र्ता नेपाल आजमा प्रकाशन भएपछि तपोवनमा विवादको स्थिति सिर्जना भयो । स्वामी आनन्द अरूणले आत्तिएर उत्तेजक अभिव्यक्ति दिन थाले । उक्त अभिव्यक्तिमार्फत् उनले गुरूलाई धोका दिनेहरूको अनिष्ट निश्चित हुने र धोकेबाजहरूको स्थिति नराम्रो हुने बताएका थिए ।
(हेर्नुहोस् उनको उत्तेजक अभिव्यक्ति: स्वामी अरूणको चेतावनी : गुरूलाई धोका दिनेहरूको अनिष्ट निश्चित छ )
तपोवनले हाम्रो नियामक निकाय प्रेस काउन्सिल नेपालमा उजुरी हाल्यो । प्रेस काउन्सिलले दुवै पक्ष (नेपाल आज र ओशो तपोवन)लाई छलफलका निम्ति बोलायो । छलफल भयो । छलफलको क्रममा तपोवनका तर्फबाट सदस्य सचिव सुदीप पौडेल एवंम सदस्यद्वय भोला ओडारी तथा राजु रिमालसहितको ठूलो संख्यामा प्रेस काउन्सिलको कार्यालयमा भरिभराउ उपस्थिति थियो । सामान्य छलफलको लागि भन्दै दुई दुईजनाको संख्यामा तपोवन तथा नेपाल आजको तर्फबाट छलफलको लागि बोलाइएको थियो । हाम्रो तर्फबाट एकमात्रै प्रतिनिधिको उपस्थिति थियो । छलफलको क्रममा तपोवनका प्रतिनिधिहरूले निम्न मागहरू राखे :
१) नेपाल आजमा प्रकाशित सबै समाचार हटाउनु पर्ने ।
२) नेपाल आजले माफी माग्नुपर्ने ।
३) तपोवनको एकतर्फी गुनगानको समाचार प्रकाशन गर्नुपर्ने ।
४) तपोवन विरोधीहरूको समाचार प्रकाशन नगर्ने ।
माथि उल्लिखित मागहरू प्रेस स्वतन्त्रता, संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रता तथा पत्रकार आचारसंंहिताविरूद्ध थियो । प्रेस काउन्सिलका एकाध पदाधिकारीले तपोवनका पक्षमा लेख्न, विरुद्धका समाचार हटाउन निर्देशन दिए । हामीले मौखिक होइन, लिखित निर्देशन दिन आग्रह ग¥यौं । लिखितमै हामीले अनैतिक आदेश माग गरेपछि उनीहरु हच्किए । लिखित निर्देशन माग भएपछि काउन्सिलका पदाधिकारीहरूले दबाब दिन छोडे ।
प्रेस काउन्सिलको मिटिङ हलमा ठूलो संख्यामा सन्यासीहरू थिए । उनीहरूको स्वभाव उदण्ड थियो । घरी नेपाल आजको कार्यालयमा तोडफोड गर्ने चेतावनी दिन्थे त घरी हिंसा भड्काउने चेतावनी दिन्थे । पत्रकारलाई तह लगाउने, पत्रकारिताको स्कुल नै खोल्न जस्ता चेतावनी दिइरहँदा प्रेस काउन्सिलका पदाधिकारीहरू हेरेको हे¥यै हुन्थे । ओशो सन्यासीहरू प्रेम, करूणाले भरिपूर्ण हुन्छन् भन्ने हाम्रो धारणा थियो । तर त्यसको ठिक विपरित ओशो सन्यासीहरू आतंकवादी गुरिल्लाजस्ता देखिन्थे । काउन्सिलको हलमा तोडफोड तथा होहल्ल्लाको स्थिति सिर्जना गरियो । बाँदर मार्ने भनेर तपोवनमा राखिएको भनिएको हतियार आरोप जस्तो मात्र लागेको थियो हामीलाई । तर प्रेस काउन्सिलमा उनीहरूको उदण्ड स्वभाव हेर्दा लाग्थ्यो उनीहरू चिताउनै नसकिने हदसम्म जान पनि पछि नपर्दा रहेछन् ।
प्रेस काउन्सिलमा तोडफोड तथा होहल्ल्लाको स्थिति सृजना भइसकेपछि पदाधिकारीहरू पनि आतंकित देखिए । सन्यासीहरुको हर्कतविरूद्ध उनीहरूले प्रतिवाद गरेपछि परिस्थिति केही काबुमा आयो । केही समयपछि नेपाल आजका अर्का प्रतिनिधी आउनुभयो । केही शान्त भएपछि थप छलफल भयो र खण्डन छपाउने सहमति भयो । मिडियाको सामान्य धर्म नै यो हो कि कसैलाई प्रकाशित सामाग्रीमा चित्त बुझेन भने उसको पनि विचार राखिदिने । प्रेस काउन्सिलमा त्यस्तो हंगामा नगर्दा पनि उनीहरुका धारणा नेपालआजमा प्रकाशित हुन्थे । तर अन्धभक्तहरुमा त्यो ज्ञानको सञ्चार कहिले भएन ।
प्रेस काउन्सिलको छलफलमा एक सन्यासी राजु रिमालले स्वामी देव सुन्दरलाई नछोड्ने तथा झुण्ड्याउने चेतावनी दिए । त्यसको केही दिनमा उनलाई पक्राउ गरियो । एक महिला सन्यासीले स्वामी आनन्द अरूणको खुट्टामा मसाज गराइरहेको तस्वीरमा लाइक, कमेन्ट तथा सेयर गरेको आरोपमा उनलाई प्रहरी नियन्त्रणमा राखियो ।
(हेर्नुहोस् समाचार: ओशो तपोवनका एक सदस्य भन्छन्, ‘स्वामी देवसुन्दरलाई झुण्ड्याउँछौं’)
विवादहरू झन पेचिलो बन्दै गए । यस विषयमा चर्चा परिचर्चा बढ्दै गयो । देवसुन्दरलाई समातेपछि नेपाल आजको पत्रकार तथा सञ्चालकलाई समेत प्रहरीको खोरमा राख्ने हल्ल्ला फैलाइयो । हामी निरन्तर समाचार प्र्रकाशन गर्न तर्फ लाग्यौं । वहस चलायौं । यसै क्रममा तपोवनले हाम्रोविरूद्ध विभिन्न हल्ला चलायो । ओशो पुनेबाट पैसा लिएर समाचार प्रकाशन गरेको, प्रेस काउन्सिलले कारवाही गरेको, नसियत दिएको, नेपाल आजले माफी मागेको आदि । प्रेस काउन्सिलमा ताण्डव मच्चाउने सन्यासीहरूले नेपाल आज बन्द गराउने अभियान नै सञ्चालन गरे । सरकारी न्याय सम्बन्धी एक क्षेत्रका प्रमुख, प्र्रधानन्यायाधीश, प्रमुख राजनैतिक दल, ,प्रहरी प्रमुख आदिलाई तपोवनमा लन्च मिटिङमा आमन्त्रणा गरियो ।
विवादको भुमरीमा परेको तपोवनको निम्तो अधिकांशले स्वीकारेनन् । निम्तो नस्वीकारेपछि राजनैतिक संरक्षण चाहियो भन्दै सन्यासीहरू भारतीय दूतावासदेखि केपी ओलीको शरणमा पुगेको बुझियो । प्रभावशाली व्यक्तिहरूलाई यस्तै दुष्प्रचारहरू ब्रिफिङ गर्ने गरियो । हाइ प्रोफाइलहरूलाई गरिएको व्रिफिङले तपोवनलाई आश्वासन त मिल्यो तर उनीहरूले गरेको माग अनुसारको संरक्षण भने मिलेन ।
ओलीलाई झुक्याइयो
पाँच वर्ष पुरानो लुम्बिनीको कम्युनलाई नयाँ हो भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई झुक्याइयो र बुद्ध पूर्णिमाको दिन उद्घाटन गर्न लगाइयो । पुरानो कम्युनलाई उद्घाटन गराइएकोप्रति प्रधानमन्त्री रिसाउनु भएको बुझिन्छ । त्यस कुरा चाल पाएपछि तपोवनका प्रतिनिधीहरू एकोहोरिएर प्रधानमन्त्रीको चाकडी चाप्लुसी तथा जय जयकारमा लागेको बताइन्छ । झापा घर भएका एक सन्यासी भोला ओडारीको पहलमा प्र्रधानमन्त्री तथा झापाका प्रभावशाली व्यक्तिहरूलाई प्रभावमा पार्ने रणनीति लिएको छ तपोवनले । संरक्षणकर्ताको निम्ती प्रधानमन्त्री, अख्तियार प्रमुख, महान्यायधिवक्ता, समाजसेवी आदिलाई प्रभावमा पारी संरक्षण खोजिरहेका छन् । कांग्रेस पृष्ठभूमिका तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईसँग खास सम्बन्ध भएका स्वामी आनन्द अरूण अहिले मार्क्सवादी भएको बताइन्छ ।
करिब १० दिन प्रहरी हिरासातमा बसेर छुटेका स्वामी देवसुन्दर अहिले आफ्नो व्यवसायमा लागेका छन् । यसैगरी नेपाल आजमा अन्तर्वार्ता दिएकोे केही समयपछि क्यान्सरको उपचारमा रहेकी अंशु गुरूङलाई पनि तपोवनले थप दुर्व्यवहार गरेको बताइन्छ । उनले अस्पतालको उपचारको क्रममा अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरूमा पत्र नै पठाइन् ।
तपोवनले प्रेस काउन्सिलमा भएको सहमति कार्यन्वयन् नभएको आरोप सामाजिक सञ्जालमार्फत छताछुल्ल बनायो । सहमतिमा भनिएको छ, खण्डन छाप्ने र तपोवनका स्पष्टिकरण प्रकाशन गर्न पर्याप्त स्थान दिने । हाम्रो तर्फबाट प्रकाशन गर्नुपर्ने खण्डन त हामीले प्रकाशन ग¥यौं । तर तपोवनले उपलब्ध गराउनुपर्ने स्पष्टिकरण बारम्बार ताकेता गर्दा, पत्र पत्राचार गर्दा पनि उपलब्ध गराएको छैन । आफंै सहमतिअनुसार नचल्ने र कार्यान्वयन भएन भनेर हल्ल्ला गर्ने तपोवनको ‘डबल स्टान्डर्ड’ ले प्रेस काउन्सिल पनि हैरान भएको बुझिन्छ ।
तपोवनतर्फ विभिन्न प्रश्नहरू उब्जिएका छन् । त्यस प्रश्नको जवाफ तपोवनले दिनुपर्ने हुन्छ । उनीहरू विरूद्ध उठेका प्रश्न हामीले इमेल गरेर पठाएका छौं । त्यस प्रश्नको जवाफ अहिलेसम्म पनि प्राप्त भएको छैन ।
ओशो तपोवनमा प्रवेश शुल्क रू १५०, खाना रू २०० र बसेको घटीमा रू १००० बढीमा रू १०००० प्रतिरात लिइ आम्दानी हुने गर्छ । तर अहिले ओशो तपोवन विवादमा परेपछि तपोवनमा मानिसहरु जान छाडेका छन् । ओशोको जन्मदिनमा कार्यबलम राख्दा पनि मानिसहरु नआउने भए । तपोवनको गिर्दो साख जोगाउने तपोवनले प्रवेश, यातायात तथा भोजन निशुल्क गरेर मानिसहरुलाई बोलायो । तर पनि मानिसहरु तपोवन गएनन् । कुनै बेला भरिभराउ हुने तपोवनमा यतिबेला सन्नाटा छाएको छ ।
र याे पनि,
► ओशो तपोवनः कमजोरी लुकाउन श्रृंखलाबद्ध मिडिया उपयोग (तालिकासहित)
► ओशो तपोवनको दुव्र्यवहारमा परेकी महिलालाई एसियन मानवअधिकार आयोगको साथ
► तपोवनविरुद्ध यौनहिंसाको आरोप लगाउने महिलालाई नै दूर्व्यवहार
► ओशो तपोवनविरुद्ध स्थानीय आक्रोशितः सशक्त आन्दोलन गर्ने चेतावनी (भिडियोसहित)
► ओशो तपोवनलाई तह लगाउने हाकिम भन्छन्, ‘अख्तियारको त्रास देखाउन खोजियो’(भिडियोसहित)
► जसको विरुद्ध नगरपालिकामा उजुरी छ, उसैको खादा ओढ्ने यि मेयर
► दश दिन हिरासत बसेर जसले नेपाली समाजलाई ओशो चिनाए
► फेसबुकको फाेटाेले निम्त्याएको लफडाः शक्ति दुरुपयोगको कुरुप नमुना
► फेसबुकको फाेटाेले निम्त्याएको लफडाः शक्ति दुरुपयोगको कुरुप नमुना
► ओशो तपोवनले कसरी सरकारी जमिनमा हालीमुहाली गरेको रहेछ ? पढौं
► भारतका चर्चित ओशो सन्यासी अशोक भारतीले भने, ‘आनन्द अरुणले मविरुद्धको आक्रोश देवसुन्दरमाथि पोखे’
► स्वामी आनन्द अरुणको पोखरामा मूर्ति छ, दिनहुँ पुजा हुन्छ (भिडियोसहित)
► महिलालाई यस्तो गराउने सम्मानित, फोटो फेसबुकमा राख्ने हिरासतमा
► ओशो तपोवनविरुद्ध उजुरीः ओशोको नाममा व्यापार गर्ने कर नतिर्ने !
► प्रवचनलाई कुनै स्वीकृति विना छापिएको पाइयो
► ओशो तपोवनका एक सदस्य भन्छन्, ‘स्वामी देवसुन्दरलाई झुण्ड्याउँछौं’
► भ्रम सिर्जना गरियोः ओशो तपोवन
► स्वामी देवसुन्दर भन्छन्, ‘साँचो बोल्दा आनन्द अरुणले प्रहरी लगाउन खोजे’
► स्वामी अरूणको चेतावनी : गुरूलाई धोका दिनेहरूको अनिष्ट निश्चित छ
► आखिर आनन्द अरुणबाट महिलाहरुले के पाउँछन् ‘गुरुप्रसाद’ ? (भिडियोसहित)
► ‘पशुपंक्षीमा विवाह हुँदैन, बलात्कार पनि हुँदैन’ (भिडियोसहित)
► ओशोका केही स्वामीहरु महिलाहरुलाई ‘तिमी मेरो पूर्वजन्मको प्रेमिका हौं’ भन्छन् (भिडियोसहित)
स्वामी आनन्द अरुण ओशो तपोवन