खेल

इपिएल : विराटनगरलाई अघिल्लो चरणको यात्रा कठिन, जित्नै पर्ने दबाब

इपिएल : विराटनगरलाई अघिल्लो चरणको यात्रा कठिन, जित्नै पर्ने दबाब

काठमाडौं । एभरेष्ट प्रिमियर लिग ९इपिएल० को समूह चरणको अन्तिम खेलमा सोमबार विराटनगर वारियर्स र काठमाडौं किङ्ग्स–११ खेल्दैछन् । कीर्तिपुरस्थित त्रिवी मैदानामा हुने उक्त खेलमा प्ले अफमा स्थान बनाउन विराटनगर जित्नैपर्ने दबाबमा छ । 

 

काठमाडौंले पहिलो खेलमा चितवनलाई ६ विकेटले जितेको थियो भने दोस्रो खेलमा ललितपुरसँग १० विकेटले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा पोखरालाई पाँच विकेटले तथा चौथो खेलमा भैरहवा ग्ल्याडियटर्सलाई सात विकेटले हराउँदै प्ले अफमा स्थान बनाएको थियो । 

 

विराटनगरले पहिलो खेलमा ललितपुरलाई तीन विकेटले दोस्रो खेलमा पोखरा राइनोजलाई सुपर ओभरमा हराएको थियो । तेस्रो खेलमा भैरहवासँग चार विकेट र चितवनसँग पाँच रनको झिनो अन्तरले पराजित भएको विराटनगरलाई अघिल्लो चरणको यात्रा कठिन भएको छ । ललितपुर, काठमाडौँ र भैरहवा यसअघि नै प्ले अफमा पुगिसकेका छन् । 
 

EPL

विशेष