खेल

बडिविल्डिङमा विश्वविजेता बन्दै नेपाललाई महेश्वरले दिलाए स्वर्ण 

बडिविल्डिङमा विश्वविजेता बन्दै नेपाललाई महेश्वरले दिलाए स्वर्ण 

काठमाडौं । थाइल्यान्डमा जारी १०औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेको छ । नेपालका लागि महेश्वर महर्जनले स्पर्ण पदक जितेका छन् । उनले ७५ केज तौल समूहमा भारत, सिंगापुर, थाइल्यान्ड, उब्जेकिस्तान लगायतका ५ मुलुकलाई पछि पार्दै स्वर्ण हात पार्न सफल भएका हुन् । 

महर्जनको समुहमा १२ राष्ट्रका बडीबिल्डरहरु प्रतिस्पर्धामा थिए । उनीहरुबाट टप ५ को छनोट गरिएको थियो । शनिबार साँझ ५ बजे लोटस होटलमा भएको फाइनल राउन्डमा महर्जनले अन्य प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण जितेका हुन् ।
प्रतियोगितामा भारतका जयप्रकाशले दोस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो भने सिंगापुरका खेलाडी तेस्रो भएका थिए । थाइल्यान्ड चौंथो र उज्बेकिस्तान पाचौं भए ।

३५ वर्षका महर्जनले यसअघि भुटानमा आयोजित ५० औं एसियन बडिबिल्डिङ च्याम्पियनसीपमा पनि स्वर्ण जितेका थिए । उनी नेपालमा हुने बडिबिल्डिङ प्रतियोगिता धर्मश्रीको १३ औं संस्करणका विजेता हुन् भने यसपालिको धर्मश्रीमा पनि ७५ केजी समूहमा उनले स्वर्ण जितेका थिए ।

थाइल्यान्डमा १४ डिसेम्बरबाट सुरु भएको ‘१० औं विश्व बडीविल्डिङ फिजिक स्पोर्टस च्याम्पियनसीप’ मा नेपालबाट महर्जन सहित अन्य दुई खेलाडीले भाग लिएका थिए । शारीरिक सुगठनमा यो नेपालको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय सफलता हो ।

महर्जन विश्व च्याम्पियन बनेसँगै  स्वर्ण पदक थाप्ने क्रममा भने आयोजकले नेपालको राष्ट्रिय गानको धुन भने पुरानै ‘श्रीमान गम्भीर नेपाली.....’ बजाएको थियो ।
">

विशेष