कभर स्टोरी भिडियो मनोरञ्जन

दूनियाँ विपक्षमा भए पनि म ऋषिजीकै साथमा हुनेछु– एलिजा  (भिडियोसहित)

दूनियाँ विपक्षमा भए पनि म ऋषिजीकै साथमा हुनेछु– एलिजा  (भिडियोसहित)

काठमाडौं । चर्चित पत्रकार ऋषि धमलाकी जीवनसंगिनी एलिजा गौतमको डेब्यु सिनेमा ‘अनुराग’ले व्यवसायिक फलता पाउन सकेन । अनुरागको असफलता लगत्तै उनी क्यानडा गइन् । धेरैले उनको पति धमलासँग खटपट भएको लख पनि काटे । ऋषिसँग एलिजाको के वास्तवमै खटपट भएको हो त ? यो प्रश्नको जवाफ हामीले उनीसँगै खोजेका छौं । 

 

डेब्यु फिल्म ‘अनुराग’ व्यवसायिक हिसाबले त्यति सफल नभए पनि त्यसमा नायिका एलिजा सकारात्मक नै छिन् । फिल्ममा निर्देशकदेखि नायक, नायिका सबै नयाँ अनुहार भएकाले फिल्म व्यवसायिक रुपले सोचेजति सफल नभएको हुनसक्छ । फिल्म चर्चामा आउन नसके पनि दर्शकहरुले उनीप्रति गरेको सकारात्मक प्रतिक्रियाले उत्साहित भएको र अबका दिनमा अझैं राम्रो गर्न प्रेरणा मिलेको नायिका एलिजा बताउँछिन् ।

 



 

जुनसुकै क्षेत्रमा पनि सफल हुन कडा परिश्रम, निरन्तरको मेहनत र उक्त क्षेत्रप्रतिको लगावको आवश्यकता हुन्छ । त्यसैगरी कलाकारिता क्षेत्रमा पनि  कडा परिश्रम, निरन्तरता चाहिन्छ नै । एउटा आमा, श्रीमती, नायिका भएर यी विविध भूमिका निभाउन पक्कै पनि सजिलो छैन् । तर, हरेक काम र सफलतामा एउटा महिलार्ला श्रीमान, परिवार, आफन्तहरुको साथ र समर्थनको महत्तपूर्ण भूमिका रहन्छ । 

 

समय समयमा श्रीमानसँगको सम्बन्धबारे नकारात्मक कुराहरु बाहिर आउने गर्छन् । तर त्यस्ता कुराहरुले सम्बन्धमा केही आँच नआउँने उनी बताउँछिन् । उनले आफ्नो श्रीमान ऋषि धमलाको परिश्रम र कामलाई खुलेर प्रशंसा गर्दै भनिन्, “सारा दूनियाँ तपाईको विपक्षमा भएको दिन पनि म सधैं तपाईंको पक्षमा हुनेछु आई लभ यु ऋषिजी ।”

 

सबैभन्दा बढी प्रेम सम्बन्धित कथावस्तुहरु रुचाउँने उनी भन्छिन्, एउटा कलाकार भएपछि सबै खालका कथावस्तुमा भिज्न सक्नुपर्छ । अब उनी छिट्टै फिल्ममा सुहाउँदो जुनसुकै ‘क्यारेक्टरमा’ पनि दर्शकमाझ देखिने छिन् । 
 

ऋषि धमला एलिजा गौतम ‘अनुराग’

विशेष