भारतमाथि अष्ट्रेलियाको शानदार जित

काठमाडौं । भारत र अष्ट्रेलियाबीच भइरहेको दोस्रो टेस्टमा अष्ट्रेलिया विजयी भएको छ । यो जितसँगै अष्ट्रेलियाले श्रृंखला बराबरी गरेको छ।
अष्ट्रेलियासँगको दोस्रो टेस्टमा चौथो दिनको खेल सकिदा २ सय ८७ रनको विजयी लक्ष्य पक्ष्याएको भारतले पाँचौ दिन १४० रनमा अलआउट भएपछि दोस्रो टेस्टमा फराकिलो पराजय व्यहोरेको हो।
चौथो दिनको खेल सकिँदासम्म १ सय १२ रन बनाएर ५ विकेट गुमाएको भारतले पाँचौ दिनको सुरूमै बाँकी सबै विकेट गुमायो।
यो सँगै ४ खेलको श्रृंखला १-१ को बराबरी भएको हो।
अष्ट्रेलिया भारत