मनोरञ्जन

पौडेलको शब्दमा सजिएको ‘आउ है साथी बगैँचामा पुतली झैं उडाै‌ बालगीत रेकर्ड सम्पन्न

पौडेलको शब्दमा सजिएको ‘आउ है साथी बगैँचामा पुतली झैं उडाै‌ बालगीत रेकर्ड सम्पन्न

काठमाडौं । गीतकार अन्जना पौडेलको शब्दहरूमा सजिएको बाल गीत उनकै छोरा आर्जन खनालको आवाजमा रेकर्ड भएको छ । आर्जन खनालको जन्म दिन पारेर पुस एक गते उनको पहिलो बाल गीत रेकर्ड गरिएको होे । 

यस गीतमा चर्चित संगीतकार रेखा पौडेलको संगीत रहेको छ । आर्जन खनालको जादुगरी आवाज र गीतका शब्दहरूका मिठासले मन आनन्दित हुन्छ । खनाल देश बिदेशबाट पनि सम्मानित भएका छन् ।

 

सुरसंगित रेकर्डिङ स्टुडियो,अनामनगरमा रेकर्ड गरिएको उक्त बाल गीतको म्यूजिक भिडियो बनेपछि छिटै यूट्यूवमा सार्वजनिक गरिने छ । यो गीतसहित अरू गीत मिलाएर एल्वम ल्याउने तयारी गरिएको गीतकार पौडेलले बताइन् । 

अन्जना पौडेल

विशेष