मुख्य समाचार

निर्मला हत्या प्रकरण : प्रमाण नष्ट गर्ने प्रहरीविरुद्ध निर्मलाकी आमाले  दिइन् जाहेरी  

निर्मला हत्या प्रकरण : प्रमाण नष्ट गर्ने प्रहरीविरुद्ध निर्मलाकी  आमाले  दिइन् जाहेरी  

काठमाडौं । निर्मला पन्तको हत्या घटनाको अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्ने प्रहरीविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता गरिएको छ। 

 

निर्मलाकी आमा दुर्गादेवी पन्तले बर्खास्तीमा परेको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक दिल्लीराज विष्ट, प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर सेठी, केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) का प्रहरी नायव उपरीक्षक अंगुर जिसीलगायतमाथि प्रमाण नष्ट गरेको भन्दै जाहेरी दर्ता गरेकी हुन्। 

घटनामा संलग्न भएको आरोपमा कडा यातना दिएरपछि निर्दोष हुँदै छोडिएका दिलीपसिंह विष्टका दाई खड्ग विष्टले समेत  यातना दिने प्रहरीविरुद्ध जाहेरी दिएका छन्। 


सरकारी छानबिन समितिले घटनाको अनुसन्धानमा प्रहरीले लापरबाही गरेको आरोपमा ८ कात्तिकमा एसपी विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टलाई बर्खास्त गरेको थियो । उनीहरुलाई सरकारी सेवाका लागि योग्न हुने गरी बर्खास्त गरिएको थियो ।
 

विशेष