मनोरञ्जन

४१ वर्षीया गायिका सारिकाको फिटनेस राज

४१ वर्षीया गायिका सारिकाको फिटनेस राज

एजेन्सी । चर्चित कोलम्बियन पपगायिका सारिकाको गायनसँगै उनको फिगरको विषयलाई विश्वभर तारिफ हुने गरेको छ । सन् २०१० दक्षिण अफ्रिकामा भएको विश्वकपको समयमा 'दिस टाइम फर अफ्रिका' बोल गीत गएर चर्चा बटुलेकी उनले उक्त विश्वकप लगत्तै स्पेनिस फुटबलर जेराई पिकेसँग विवाह गरिन् । दुई बच्चाकी आमा समेत रहेकी ४१ वर्षीया गायिका सारिका अघिल्ला ८-१० वर्षभन्दा अहिले फरक देखिनन् । उनी अझै सुन्दर छन् र फिट पनि छन् । यी हुन् साकिरा फिट्ने‍सको राज :

 

उठेपछि र सुत्नुअघि व्यायाम

साकिराको व्यस्त सेडुल हुने गर्छ । उनी कामको शिलशिलामा विभिन्न ठाउँमा जानु पर्ने हुन्छ । कामका बाबजुत पनि उनले कामबाट फुर्सद निकालेर उनी व्यायाम गर्ने गर्छिन् । उनी बिहान उठ्नेबित्तिकै र बेलुका सुत्नुभन्दा अघि दैनिक ३० मिनेट व्यायाम गर्ने गर्छिन् । उनी बच्चा जन्मेपछि भएको भद्दा शरीरलाई ६ महिनामै पुरानै अवस्थामा फर्काएकी थिइन् । उनले आफ्नो सेपलाई पुरानै अवस्थामा फर्काउन स्टप किक स्टेप लन्ज, पल्स एब व्यायाम, पुस अप, थ्रेबन्ड चेस्ट ओपनर आदिजस्ता अभ्यास गरिन् । जसले छ महिनामै उनको शरीर पुरानै अवस्थामा पुग्यो ।

 

सन्तुलित भोजन

उनको फिट्नेसको अर्को राज सन्तुलित भोजन भएको बताउँछिन् । साकिरा ल्याटिन अमेरिकी हुन् । ल्याटिन अमेरिकीहरू कार्बोहाइड्रेटयुक्त खाना र मासु खान रुचाउँछन् । तर, साकिराको भोजनको मेनु फरक छ । उनले दैनिक दुई सयदेखि तीन सय क्यालोरी मात्रै खाने गर्छिन् । जुन खाना सामान्यताया कम सुत्नु मानिसलाई खान सुझाव दिइन् छ । उनले यो खाना दिनमा पाँच पटक लगाएर खाने गर्दछिन् । त्यस्तै उनको खानामा चिकेन, हरियो सलाद, लेमन जुस, गाँजर र काँक्रा अनिवार्य हुन्छ । त्यस्तै फर्सीको बियाँ, जैतुनको तेल र विभिन्न चकलेटसमेत उनको रोजाइमा पर्छ ।

 

नृत्य सौन्दर्य बढाउन सहयोगी

साकिरालाई नाच्न खुब मन पर्छ । नृत्यले सम्पूर्ण शारीरिक बनावटसँग गहिरो सम्बन्ध राख्दछ । नाच्नुलाई पनि एक प्रकारको व्यायाम नै मानिन्छ । र यसले शरीरलाई सन्तुलित राख्न पनि सहयोग गर्दछ । यो सबै कुरा बुझेकी साकिराले समय पाउना साथ नाच्न हौसिन्छिन् । उनी हिपहप, बेलड्रान्स लगायतका नृत्य गर्न रुचाउँछिन् ।

 

फिटनेसको गतिलो स्रोत खेलकुद

साकिराको फिट्नेसको राजमध्ये एक हो खेलकुद । उनले खेलकुदलाई फिटनेसको गतिलो स्रोत मान्छिन् । टेनिस, स्क्वाइस र पेडल बोर्डिङ उनलाई मन पर्ने खेल हुन् । यी खेल उनी सधैँ खेल्ने गर्छिन् । साथै, समय मिलेसम्म ब्यालेट कम्बो, किक–बक्सिङ, हिपहपसमेत खेल्न रुचाउँछिन् ।

Sakira

विशेष