खेल

मेस्सीले जिते पाँचौं पटक ‘गोल्डेन बुट अवार्ड’

मेस्सीले जिते पाँचौं पटक ‘गोल्डेन बुट अवार्ड’

एजेन्सी । रोनाल्डोलाई पछि पार्दै बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले पाँचौं पटक गोल्डेन बुट अवार्ड जितेका छन् । 

 

मेस्सीलाई गोल्डेन बुट अवार्ड मंगलबार एक विशेष कार्यक्रम गरी हस्तान्तरण गरिएको हो ।

 

अर्जेन्टिनाका मेस्सीले गएको सिजन ला लिगामा ३६ खेलमा ३४ गोल गरेका थिए । उनले लिभरपुलका मोहम्मद सालहलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

 

सालहले गएको सिजन प्रिमियर लिगमा ३२ गोल गरेका थिए । मेस्सी पाँचौँपटक युरोपका शीर्ष पाँच लिगका सर्वाधिक गोलकर्ता बनेका हुन् ।

 

यसको अर्थ उनले गोल्डेन बुटको दौडमा अहिले इटालियन क्लब युभेन्टसबाट खेल्दै आएका क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका छन् ।

 

रोनाल्डोले चारपटक गोल्डेन बुट जितेका छन् । रोनाल्डोले गएको सिजन रियल मड्रिडबाट ला लिगामा २७ खेलमा २६ गोल गरेका थिए ।

 

अवार्ड ग्रहण गर्दै मेस्सीले आफूले कहिले पनि यस्तो सफलता पाउँछु भनेर कहिले नसोचेको बताए ।

 

उनी गएको सिजन युरोपका शीर्ष पाँच लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बन्दै अवार्ड पाउने निश्चित भएको थियो ।

लियोनल मेस्सी गोल्डेन बुट अवार्ड

विशेष