विवाहमा बचेको खाना एनजिओका बालबालिकालाई खुवाए कपिलले

एजेन्सी । बलिउडका चर्चित कमेडियन कपिल शर्मा र गिन्नी चतरथले १२ डिसेम्बरमा विवाह गरेका छन् । त्यसपछि कपिलले परिवारजन र साथीभाइलाई १३ डिसेम्बरमा एक रिसेप्सन पनि दिए । कपिलले आफ्नो विवाह रिसेप्सन र अन्य समारोहमा पाहुनाले खाएपछि बाँकी भएको खाना दान गरेका छन् ।
कपिलले धुमधामसँग विवाह गर्ने खबर थाहा पाएपछि एनजिओका अधिकारीले कपिललाई फोन गरेर विवाहमा बचेको खाना डोनेट गर्न आग्रह गरेका थिए । कपिललेमा विवाहमात्र नभएर सारा समारोहमा बनेर बचेको खाना उक्त संस्थालाई दान दिएका थिए ।