कभर स्टोरी भिडियो

के हो फेरि जापान काण्ड ? मलाई त थाहा छैन (भिडियोसहित) 

के हो फेरि जापान काण्ड ? मलाई त थाहा छैन (भिडियोसहित) 

काठमाडौं । हास्यकलाकार रबि डंगोलले कैयन टेलिफिल्ममा अभिनय गरेका छन् । ठूलोपर्दाका फिल्महरुमा पनि रबिले काम गरेका छन् । तर उनलाई आम दर्शकले हास्यधारावाहिक ‘तीतोसत्य’बाट उनी ‘बे’मान’का रुपमा स्थापित भए । त्यो ‘बेमान’ निकै लोकप्रिय पनि भयो । उनको अभिनय, नेवारी लवज र कमेडी खुराकले उनलाई लोकप्रिय कलाकार बनायो । अहिले उनी हास्यधारावाहिक ‘उल्टोसुल्टो’ मा व्यस्त छन् । फिल्म पनि बनाए उनले ‘फिर्के’ । फिल्म फेरि पनि बनाउने योजनामा छन् उनी । तर चानचुन तयारीले फिल्म बनाउन नहुने उनको निष्कर्ष छ । 

 

२८ वर्षदेखि नेपाली कलाक्षेत्रमा क्रियाशील रबिलाई कलाकारिताको चस्का हिन्दी फिल्म कुर्बानी हेरेर पसेको थियो । त्यो सिनेमाको गहिरो छापले नै उनलाई यो क्षेत्रमा तान्यो । त्यो सिनेमामा नायकको मृत्यु हुन्छ । त्यही नायक खुदा गवाह नामक अर्को हिन्दी सिनेमामा दोहोरिएर आएपछि उनको चिन्ता हट्यो । किनभने उनले कुर्बानीमा मृत्यु भएका पात्र वास्तवमै मृत्यु भएको भन्ने उनले ठानेँका थिए । 

 

रबिले निर्माण गरेको सिनेमा फिर्केले आर्थिक हिसाबले धेरै राम्रो गर्न सकेन । कारण के हो त ? रबि भन्छन्, ‘रिलिज डेट, वितरक र भाग्यमा भर पर्छ जस्तो लाग्छ ।’

 

रबिको निजी जीवनमा धेरै कुरा फिल्मसँग जोडिएका रहेछन् । ६–७ कक्षामा पढ्दा विश्वज्योति सिनेमा हलमा दादागिरी देखाउनेहरुसँग परेको झगडामा उनले अनुहार सुनिने गरी कुटाइ खाए । बदला लिन उनका दाईहरु ग्याङ बनाएर हलभित्र पसे । 

 



 

सिनेमा होस वा धारावाहिकमा उनी अर्काकी श्रीमती जिस्काउने रोलमा जम्छन् । वास्तविक जीवनमा कहिले अरुकी श्रीमती जिस्काएका छन् त ? उनले भने, ‘छैन, जिस्काएको । तर मलाई मानिसहरुले घमण्डी भएको आरोप चाहिँ लगाउछन् ।’ 

 

 अरुकी श्रीमती जिस्क्याउने रोलले भने रबिलाई बेला बेला पछ्याइरहेको छ । तर उनी आफैं चाहिँ यस्तो रोलको अपेक्षा गर्दैनन् । 

 

रबिको दृष्टिमा दीकराज गिरी प्रतिभाशाली व्यक्ति हुन् । सिताराम कट्टेलमा फरक फरक भूमिका निर्वाह गर्ने क्षमता छ । विल्सन बिक्रम राई राम्रा कलाकार हुन् । सन्दीप क्षेत्री धेरै राम्रा ।
 

रबि डंगोल

विशेष