मनोरञ्जन

निर्देशन बन्यो कंगनाको पहिलो प्रेम

निर्देशन बन्यो कंगनाको पहिलो प्रेम

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौतले ‘मणीकर्णिका’ मार्फत निर्देशनमा डेब्यू गरेकी छिन् । फिल्म सुुुटिङको क्रममा टिमले धेरै समस्या झेल्नुप-यो । सुरुमा फिल्मलाई निर्देशक क्रिसले निर्देशन गरेका थिए तर पछि अर्को प्रोजेक्टको लागि उनले काम छोडे । पछि केही भाग छायांकन हुनुपर्ने थियो । क्रिसले व्यस्तताका कारण समय दिन सकेनन् । जसकारण निर्देशकीय मैदानमा उत्रिइन् अभिनेत्री कंगना रनौट । 

 

फिल्मको ट्रेलर लन्चको समयमा कंगनालाई पहिलो निर्देशकीय डेब्युबारे सोधिएको थियो उनले निर्देशनप्रति आफूू पहिलो प्रेममा परेको बताइन् । यसका सथै कंगनाले आफूलाई फिल्मको टेक्निसियन भएर काम गर्न मनपर्ने पनि बताइन् । निर्देशन गर्न आफूलाई निकै सहज भएको र काम भन्दा पनि धेरै रमाइलो भएको भन्दै आउँदा दिनमा पनि निर्देशनको काम आइदियोस् भन्ने आशा भएको उनले सुनाइन् । 

कंगना रनौट

विशेष