मनोरञ्जन

‘अवार्ड लिन स्टेज चढ्नु अघि दीपिकालाई चुम्बन गर्ने सपना बुन्थें’ — रणवीर सिंह

‘अवार्ड लिन स्टेज चढ्नु अघि दीपिकालाई चुम्बन गर्ने सपना बुन्थें’ — रणवीर सिंह

एजेन्सी । बलिउड अभिनेता रणवीर सिंहले आफ्नो लामो समयकी प्रेमिका अभिनेत्री दीपिका पादुुकोणसँग विवाह गरेका छन् । ६ वर्षसम्मको प्रेम सम्बन्धलाई यी दुईले वैवाहिक सम्बन्धमा परिणत गरेका हुन् । 

 

भर्खरै रणवीरले फिल्म ‘पद्मावत’ बाट बेस्ट एक्टरको अवार्ड हात पारे । अवार्ड लिएपछिको मन्तव्यमा रणवीरले आफ्नो आठ वर्षीय फिल्मी क्यारियरको सफलताको सबै श्रेय सबै पत्नी दीपिकालाई दिए । जसकारण दीपिका निकै भावुक भएकी थिइन् । अवार्ड समारोहका केही फोटा तथा भिडियो लिक भएका थिए जसमा दीपिकालाई भावुक अवस्थामा देखिन्थ्यो । 

 

उनले आफ्नो फिल्मी क्यारियर र आफूमा आएको परिवर्तनमा दीपिकाको ठूूलो भूमिका रहेको बताए । उनले भने, ‘मसँग एउटै सपना थियो । एकदिन मेरो छेउमा दीपिका बसिरहेकी हुन्छिन्, मेरो उनीसँग विवाह हुन्छ र बेस्ट एक्टरमा मेरो नाम आउँछ । म दीपिकातिर फर्किन्छु, उसलाई चुम्बन गर्छ र स्टेजमा गएर अवार्ड लिन्छु । त्यो रात यही भयो । जुन मेरो लागि आश्चार्यजनक थियो ।’ 

 

रणवीरले बलिउडमा काम गर्न थालेको ८ वर्ष भयो र त्यसको ६ वर्ष उनी दीपिकासँग प्रेम सम्बन्धमा रहे । त्यसकारण आफूमा यत्तिका वर्ष आएको परिपक्वतामा दीपिकाको ठूलो हात भएको उनले बताए । दीपिकाले आफूलाई काममा तल्लीन हुन सहयोग गरेकै कारण सफल भएको उनले बताए । विशेषगरि पद्मावतमा खिलजीको भूमिका निभाउँदा दीपिकाबाट निकै साथ सहयोग पाएका थिए उनले । 

 

उनी अभिनित फिल्म ‘सिम्बा’ रिलिजको तयारीमा छ । २८ डिसेम्बरमा रिलिज हुने फिल्मलाई रोहित शेट्टीले निर्देशन गरेका हुन् । फिल्ममा सारा अली खान रणवीरसँगै मुख्य भूूमिकामा छिन् ।  
 

रणवीर सिंह

विशेष