कभर स्टोरी भिडियो

राजाप्रति आकर्षण छैन, दलहरुप्रतिको विकर्षणले भ्रम उत्पन्न भएको छ  (भिडियोसहित)

हिन्दुत्वको मुद्दालाई कमल थापाले दुरुपयोग गरे, अहिले सजाय पाए 

राजाप्रति आकर्षण छैन, दलहरुप्रतिको विकर्षणले भ्रम उत्पन्न भएको छ  (भिडियोसहित)

काठमाडौं  । राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले नेपाली कांग्रेसको जारी महासमिति बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा हिन्दुत्व कुरा समावेश नहुनको गहिराई भारतको प्रान्तीय निर्वाचनसँग जोडिएको औँल्याएका छन् । नेपाल आजसँगको नियमित स्तम्भ ‘इतिहास र अनुभूति’का लागि कुराकानी गर्दै उनले भारतमा जारी प्रान्तीय निर्वाचनको परिणामका आधारमा कांग्रेसले उठाउँदै आएको हिन्दुत्वको मुद्दा प्रतिवेदनबाट डिलिट गरिएको उनको तर्क छ ।

 

कांग्रेस महामन्त्री शशांक कोइरालाले हिन्दुत्वको मुद्दालाई जनमत संग्रहबाट टुंग्याउन पर्ने र यस विषयलाई पुनर्विचार गरिनु पर्ने भन्दै सार्वजनिक रुपमै अभिव्यक्ति दिँदै आएका थिए । त्यसका लागि कांग्रेसले हस्ताक्षर संकलनसमेत गरेको थियो । तर महासमितिमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उक्त मुद्दाले कुनै स्थान नै पाउन सकेन । हिन्दुत्वको मुद्दा लिएर हिँड्ने अभिव्यक्ति दिएको कांग्रेसका भारतको प्रान्तीय निर्वाचनको परिणामपछि अलमलमा परेको उनले उनको तर्क छ ।

 

उनले विगतलाई कोट्याउँदै बिपी कोइराला राजसंस्थासहितको प्रजातन्त्रको वकालत गर्ने गरेका तर्क गर्छन् । राजसंस्थाले तदअनुरुपको व्यवहार नेपाली कांग्रेसलगायतका प्रजातान्त्रिक दलहरूसँग नगरेको स्वभाविक भएता पनि तर यतिकै भरमा राजसंस्था फ्याँकने मानसिकता  बिपीमा कहिले पनि नभएको उनी बताउँछन् । राजतन्त्रसँग संघर्ष चर्को भएता पनि उनले राजसंस्थालाई नै निमिट्यान्न पार्ने चाहना भने कदापी नभएको बताए ।

 


उनले विभिन्न लेखहरूको दृष्टान्त दिँदै नेपाली राजनीतिमा स्थायीत्व भीमसेन थापाको  ३१ वर्षे शासन कालमा भएको र त्यसपछि त्यस्तो अवस्था कहिल्यै नआएको बताए । प्रधानमन्त्रीको नेतृत्वमा नेपाल प्रशासित भयो र राजसंस्था  संवैधानिक रूपमा रह्यो भने मात्रै नेपाल स्थायीत्व र शुशासन सम्भव हुने धारणा बिपी कोइरालाको रहेको उनले बताए । राजसंस्था संवैधानिक रूपमा रह्यो भनेमात्रै नेपाल स्थायीत्व र सुशासन  सम्भव छ । 


राजतन्त्रसँग संघर्ष चर्को भएता पनि उनले राजसंस्थालाई नै निमिट्यान्न पार्ने चाहना भने कदापी नभएको बताए । कांग्रेसको पनि राजसंस्था फ्याँक्ने ध्याए नभए पनि जनयुद्धबाट सिंहदरबार पसेको तत्कालीन माओवादीले कुटिलतापूर्वक राजसंस्था फ्याँक्न सफल भएको उनको तर्क छ । उनले माओवादीले फ्याँकेका त्रुपमा परेर गिरीजाप्रसाद कोइराला राजसंस्था फ्याँक्न राजी भएका बताउँछन् ।

 

त्यस्तै कमल थापाले राजसंस्था र हिन्दुत्वको नारा उठाएर हार व्यहोर्नु परेको नभई उनले हिन्दूत्वको नारालाई दुरूपयोग गरेका कारण हारेको उनको विश्लेषण छ । राजसंस्थाको मुद्दालाई दुरुपयोग गरेकै कारण उनलाई जनताले दण्डित गरेको बताए । त्यस्तै उनले माओवादीले पनि जनभावनालाई कदर गर्न नसक्दा पतनको दिशा गएको तर एमालेसँग एकीकरणबाट मात्रै उस खुट्टा अडिएको तर्क उनको छ ।

 

पछिल्ला गतिबिधिका कारण सामाजिक सञ्जालहरूमा राष्ट्रपतिको तीव्र आलोचना भइरहेक छ भने केही मात्रमा राजाप्रतिको आकर्षण बढेको देखिन्छ । केही राजनीतिक तलका नेताहरूले समेत राजासंस्थाका बारेमा सार्वजनिक स्थानमै अभिव्यक्ति दिन थालेका छन् । तर उनको विश्लेषणमा राजाप्रतिको आक्रर्षण नभइ राजनीतिक दलप्रतिको विकर्षणका कारणले राजाको आगमनको कुरा उठेको हो ।

">

पूर्वराष्ट्रपति रामवरण यादव सुविधा भोगी बन्दा बद्नामी कमाएको र त्यसैलाई वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले पनि निरन्तरता  दिएकाले राष्ट्रपति जस्तो गरिमामय पदकै खिल्ली उडेको उनको तर्क छ । उनले राष्ट्रपतिका सवारी साधनमा आएका जनगुनासोका बारेमा पुनर्विचार गर्न सरकार तत्पर छौँ भन्दा मात्रै समर्थन सुल्टेर आउने उनको भनाइ छ । उनका अनुसार राष्ट्रपतिलाई सावरी किन्ने विषयमा पछिल्ला टीका टिप्पणीमा सरकारले उल्टो बाटो लिएर तर्कहीन कुरा गर्दै हिँडेको छ ।

 

गणतन्त्रवादी र कम्युनिस्ट भनेर चिनिएका माधव नेपाल नोटआफ डिसेन्ट लेखर  जनमतबाट राजसंस्थाका बारेमा निर्णय गर्नु पर्छ भन्दै हिँड्ने राजाको एजेन्डा लिएर खानेहरू किन यस्तो गरिरहेका छन् भन्ने प्रश्न उब्जिएको भन्दै उनले कतै माधव नेपाल आधुनिक लोकेन्द्र बहादुर चन्द त होइनन् भन्ने प्रश्न उठाए ।

 

डा केसीले राजाका पालामा उद्योग–धन्दा, शान्तिसुरक्षा, न्याय प्रणाली, अन्तर्राष्ट्रिय प्रतिष्ठा सबै प्रजातन्त्र स्थापान भएपछि आएका १६ सय मन्त्रीका पालमा भन्दा राम्रो भएको बताए । पछिल्लो राजनीतिक गतिविधिले झनै देशको छवि धुलमिल भएको उनको तर्क छ । नेता,  उच्च तहमा रहेका कर्मचारी, विभिन्न देशमा रहेका कूटनीतिज्ञले बिचार नपुर्‍याई बोल्दा देशको अन्तर्राष्ट्रियस्तरमा नेपालको आत्मासम्मान र प्रतिष्ठामा दाग लागेको उनको भनाइ छ । 

 

उनले प्रधानमन्त्री केपी शर्मा ओली व्यहवारको पनि कडा आलोचना गरेका छन् । सयममा कार्यक्रममा उपस्थित नहुने, आफ्नो मात्रै कुरा थोपार्न खोज्ने, अरूको आत्मसम्मान ठेस पुर्‍याउने जस्ता व्यवहार प्रधानमन्त्रीमा रहेको उनको ठम्याइ छ । विधिको शासन भएको देशमा प्रधानमन्त्रीलगायतका व्यक्ति उच्च नैतिकतामा बस्नु पर्ने उनी सुझाउँछन् । यस्तै स्थिति रह्यो भने नेपाली जनताले सधैँ निरासा खेप्नु पर्ने भएकाले उनले प्रधानमन्त्रीले एकपटक आफ्नो कामको समीक्षा गरेर आगडि बढ्नु पर्ने सुझाउँछन् ।

विशेष