अनन्त तामाङले जारी लिग खेल्न सक्ने , थ्रीस्टार र मनाङले गरे फुकुवा
काठमाडौं । राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल खेल्न पाउने भएका छन् । दुईवटा क्लबमा सम्झौता गरेको भन्दै उनले लिग खेल्न नखेल्ने टुँगो लाग्न सकेको थिएन ।
तामाङले थ्रीस्टार र मनाङ मस्र्याङ्दी क्लबसँग सम्झौता गरेका थिए , दुवै क्लबले उनलाई फुकुवा गर्न सहमति जनाएसँगै तामाङ जारी लिगमा मैदान उत्रिने सम्भावना बलियो भएको छ । यद्पि अब कुन क्लब उनी अनुबन्धित हुन्छन् भन्ने कुरा चाँहि अन्यौल नै रहेको छ ।
दुवै क्लबले तामाङलाई फुकुवा गरेसँगै उनी एन्फाको कारबाहीबाट समेत मुक्त भएका छन् ।
यसअघि भने दुवै क्लबले अनन्तको अनुबन्धन सम्झौता आफूसँग रहेको जिकिर गर्दै प्रतिद्वन्द्वी क्लबबाट खेल्न नदिने अडान लिएका थिए । सोही अडानका कारण राष्ट्रिय फुटबल टोलीका मुख्य खेलाडी अनन्तको खेल भविष्य नै जोखिमपूर्ण बनेको थियो ।
यसअघि भने दुवै क्लबले अनन्तको अनुबन्धन सम्झौता आफूसँग रहेको जिकिर गर्दै प्रतिद्वन्द्वी क्लबबाट खेल्न नदिने अडान लिएका थिए । सोही अडानका कारण राष्ट्रिय फुटबल टोलीका मुख्य खेलाडी अनन्तको खेल भविष्य नै जोखिमपूर्ण बनेको थियो ।
बुधबार दुवै क्लबका पदाधिकारी अखिल नेपाल फुटबल सङ्घ (एन्फा) गएर दुवै क्लबको सूचीमा रहेका तामाङको नाम फिर्ता लिन सहमत भएको एन्फाले जनाएको छ ।
मङ्गलबार साँझ थ्रीस्टार र मनाङका पदाधिकारीको अनौपचारिक बैठक बसेर अनन्तको नाम दुवै क्लबले फिर्ता लिने विषयमा सहमति जुटाएका थिए । थ्रीटार र मनाङ दुवै क्लबमा नरहने भएपछि अनन्तले अब लिगका बाँकी चार चरणका खेलहरू ती दुई क्लब बाहेकका क्लबबाट खेल्न बाटो खुलेको छ ।
एउटा खेलाडीले दुईवटा क्लबबाट सम्झौता गरेमा एक वर्षसम्म खेल्न नपाउने गरी कारबाही गर्ने एन्फाको प्रतियोगिता नियमावलीमा छ ।