खेल

माटोको टीका लगाएर विवेकशीलको फुटबल प्रतियोगिता 

माटोको टीका लगाएर विवेकशीलको फुटबल प्रतियोगिता 

अत्तरिया । विवेकशील साझा पार्टीको मैत्रीपूर्ण फुटबल प्रतियोगिता बुधवार सम्पन्न भएको छ ।

 

विवेकशील साझा पार्टीका सुदुरपश्चिम प्रदेश संयोजक गोपाल हमालले उद्घाटन कार्यक्रममा सहभागीलाई सदस्यता बितरण तथा माटोको टीका लगाएर पार्टी प्रवेश गराइ प्रतियोगिताको उदघाटन गर्नुभएको थियो । मैत्रीपूर्ण फुटबल प्रतियागितामा बिवेकशील साझकै प्रदेश कमिटी , जिल्ला कमिटी र गोदावरी नगर कमिटीका गरी तीन टिम सहभागी थिए ।

 

जसअन्र्तगत प्रदेश कमिटी र कैलाली जिल्ला कमिटीबीच भएको पहिलो खेलमा १ –० ले प्रदेश कमिटिले बिजयी हासिल गरेको थियो । उक्त खेलमा प्रदेश कमिटीका खेलाडी जनकराज जोशीले गरेको पहिलो गोल नै निर्णायक बन्न पुगेको हो । यस्तै सिधै बाइ पाएर फाइनल प्रबेश गरेको गोदावरी नगर कमिटी र प्रदेश कमिटीबीच भएको अन्तिम फाइनल खेलमा २ – ० ले गोदावरी नगरपालिकाले जित दर्ता गरेको हो । गोदावरीका तर्फबाट दुई वटै गोल दिर्घा साउदले गरेका थिए । 

 

उनले खेलको ३५ र ४० मिनेटमा २ गोल गरेका हुन् । प्रदेश कमिटीका कप्तान गोपाल हमालको खुट्टामा चोट भएका कारण बाहिरिए पछि गोलकिपर घनबहादुर शाह पनि चोटको कारण बाहिरिँदा गोदावरी नगरपालिकालाई जित्न सहज भएको थियो ।

 

यसैगरी महिला पेनाल्टी सुट अन्तरर्गत गोदावरी र कैलाली जिल्लाबीच भएको पहिलो  खेलमा गोदावरीका खेलाडी गौरी मल्लको एक मात्रै गोल निर्णायक बनेको थियो ।

 

फाईनलमा प्रदेश कमिटीसँंग पनि गौरी मल्लको एक गोलको सहयताले गोदावरीको महिला फुटबल टिम बिजयी भएको छ । प्रथम मैत्रीपूर्ण फुटबल प्रतियोगिता तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी प्रति खेलाडी ५०० का दरले रकम उठाएको र उक्त रकमले यहि पुस १५ गते गोदावरी नगरपालिका भित्रका जेष्ठ नागरिकलाइ न्यानो कपडा बितरण गरिने कार्यक्रम रहेको विबेकशील साझा पार्टीका नेता बिनोद मल्ल बिप्लवले जानकारी दिए । 
 

विशेष