किंग खानको सबैभन्दा महँगी फिल्म 'जिरो'ले राख्ला रेकर्ड !
एजेन्सी । शाहरुख खान, क्याट्रिना क्याफ, अनुस्का शर्मा स्टारर यस वर्षको बहुप्रतीक्षित फिल्म 'जिरो' शुक्रबार रिलिज हुँदैछ । आनन्द एल रायले निर्देशन गरेको जिरो युनिक स्टोरीलाइन र शाहरूख होचो कदको युवकको भूमिकाले चर्चामा छ । क्रिसमसको अवसरमा रिलिज हुन लागेको किंग खानको जिरो मुभी लभर्सहरूको लागि स्पेशल ट्रिट हुनेछ ।
मुभी लभरका लागि स्पेशल ट्रिट हुनेभएता पनि यस फिल्मको कमाइले विशेष रहने छ । किनकि उनको पछिल्लो फिल्म जब हैरी मिट सिजलले खासै राम्रो बिज्नेस गर्न सकेको थिएन । तर जिरोले पहिलो दिन भारतीय वक्सअफिसमा ३० करोड भारूको व्यापार गर्ने अनुमान भारतीय वक्सअफिस विश्लेष्कहरूले गरेका छन् ।
यस्तै सिनेमाले ३ दिनमा १०० करोडको आँकाडा पार गर्ने अनुमान छ । विश्लेषकहरूका अनुसार त्यसपछि भने सिनेमाको स्तरमा व्यापार भर पर्ने बताइएका छन् । जिरोलाई पाँच दिन लामो विकेन्डको राम्रो मैका पनि मिलेको छ । यो विकेन्डले नै जिरोको व्यापारलाई निर्धारण गर्ने छ ।
यसै मितिमा कन्नड सिनेमा 'केजिएफः च्याप्टर १' पनि रिलिज हुने भएकाले यसले पनि उसको व्यापारमा प्रभाव पार्ने देखिन्छ । त्यसपछि लगत्तैको शुक्रबार 'सिम्बा' रिलिज हुने हुँदा जिरोको लागि सहज नहुने पनि विश्लेष्कहरूले बताएका छन् । तर जिरोको व्यापार अमिर खान स्टारर 'ठग्स अफ हिन्दोस्तान'को जस्तो नहुने बताइन्छ । जिरो २०० करोड भारतीय रूपैयाँमा निर्माण भएको हो । यस फिल्मलाई किंग खानको सबैभन्दा महँगो फिल्म मानिन्छ ।
zero