मनोरञ्जन

आज नेपाल आइडलको ‘फिनाले’ हुँदै, कसले मार्ला बाजी ?

आज नेपाल आइडलको ‘फिनाले’ हुँदै, कसले मार्ला बाजी ?

काठमाडौं । नेपाल आइडल सिजन-२ को ‘ग्रान्ड फिनाले’ आज हुँदैछ । यो पटकको आइडलको ‘फिनाले’ ललितपुर स्थित नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकमा हुँनेछ । 

 

सयौं प्रतिस्पर्धीबाट ‘टप फोर’ मा पुगेका ४ प्रतिस्पर्धीमध्येबाट एकजना नेपाल आइडल घोषित हुने छन् । आइडलको फाइनलमा रवि ओड, बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारी पुगेका छन् ।

 

उनीहरु मध्येबाट एक प्रतिस्पर्धी ‘दोस्रो नेपाल आइडल’ बन्ने छ । को बन्ला त यो पटकको आइडल ? आज यो प्रश्नको जवाफ भेटिने छ । एक हप्ताको अवधीमा जो प्रतिस्पर्धीले सर्वाधिक भोट पाएको छ उनै आइडल घोषित हुने छन् । 

 

‘फिनाले’ आज साँझ पाँच बजेबाट सुरु हुने छ । ‘मन जित्छ उसले, सुमधर गाउँछ जसले’ भन्ने ट्यागलाइनका साथ सुरु भएको नेपाल आइडलको दोस्रो संस्करण विजेताले २० लाख रुपैयाँ, एउटा होन्डा डब्लूआर–भी कार, एउटा एल्बमको सम्झौता र विश्वभ्रमण अथवा ५० लाख रुपैयाँ नगद, एउटा एल्बमको सम्झौता र विश्व भ्रमणमध्ये एक छनोट गर्न पाउनेछन्।

 

साउन २४ गतेबाट सुरु भएको नेपाल आइडलको दोस्रो संस्करणका प्रोजेक्ट हेड सुरेश पौडेल तथा निर्देशक एलिन श्रेष्ठ र लोकेश वज्राचार्य हुन्।

 

निर्णायकका रूपमा न्ह्यू वज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा छन्। सोलाई रीमा विश्वकर्मा र आसिफ शाहले होस्ट गर्दै आएका छन्।

नेपाल आइडल फिनाले

विशेष