स्वास्थ्य

बीसीजी खोप लगाउँदा एक महिने शिशुको मृत्यु

बीसीजी खोप लगाउँदा एक महिने शिशुको मृत्यु

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्ज टोलमा बीसीजी खोप लगाउँदा एक महीने शिशुको बिहीबार मृत्यु भएको छ । 

 

खोपका कारण स्थानीय शिवु खत्वेको एक महिने छोरा शिवमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।

 

शिशुलाई दिउँसो १ बजेको समयमा स्वास्थ्यचौकी भोक्रहाबाट खटिएकी अनमी गोमा ढकालले बीसीजी खोप लगाएकी थिइन् ।

 

खोप लगाएको केही समयपछि बेहोस भएका शिशुलाई जिल्ला अस्पताल लगिएकामा उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक फुँयालले जानकारी दिए ।

 

शिशुको मृत्यु भएपछि पीडित परिवारसहित आक्रोशित स्थानीयवासीको भीडले स्वास्थ्यचौकीमा नाराजुलुस गर्नाका साथै स्वास्थ्यकर्मीमाथि हातपातको प्रयास गरेका थिए । खोप लगाउने स्वास्थ्य स्वयंसेविका ढकाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेकोे छ । 
 

शिशु सुनसरी बीसीजी खोप

विशेष