Technology

विश्वमै सबैभन्दा तीव गतिको इन्टरनेट नर्वेमा, यस्तो छ नेपालको अवस्था

विश्वमै सबैभन्दा तीव गतिको इन्टरनेट नर्वेमा, यस्तो छ नेपालको अवस्था

एजेन्सी । विश्वमै सबैभन्दा तीव्र गतिको इन्टरनेट सुविधा दिने पहिलो मुलुक नर्वे रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । विश्वभरका इन्टरनेट गतिका बारेमा गरिएको अध्ययनले सन् २०१८ मा सबैभन्दा तीव्र गतिको इन्टरनेट सुविधा रहेको पाइएको हो ।  विश्वभर मोबाइल र फिक्स्ड इन्टरनेटको गति मापन गर्ने संस्था ओक्लाले इन्टरनेट सेवा उपलब्ध भएका देशहरू गति परीक्षण गरी सूची सार्वजनिक गरेको हो । 

 

सार्वजनिक सूचीअुनसार नेर्वे पहिलो नम्बरमा छ भने दोस्रो र तेस्रो नम्बरमा क्रमशः आइसल्यान्ड र कतार रहेका छन् । नर्वेमा मोबाइलमा औसत डाउनलोड गति ६३.१९ एमबीपिएस रहेको छ भने आइसल्यान्ड र कतारको क्रमशः ५८.६८ एमबीपीएस र ५५.१७ एमबीपिएस रहेको छ । तीव्र गतिको इन्टरनेट चलाउने मुलुकमध्ये चौथो नम्बरमा सिंगापुर, पाँचौंमा नेदरल्याण्ड छ रहेका छन्। 

 

प्रतिवेदनअनुसार इन्टरनेट गति नेपालको स्थान ११६ औं छ । स्पिड टेष्ट इन्डेक्स अनुसार सन् २०१८ मा नेपालको मोबाइल इन्टरनेट स्पिडमा थोरैमात्र सुधार भएको छ भने फिक्स्ड नेटवर्कको अवस्था अघिल्लो वर्षकै जस्तो रहेको छ । फिक्स्ड इन्टरनेट स्पीडको आधारमा हेर्दा नेपाल ८६ औं स्थानमा रहेको छ । 

 

इन्टरनेट स्पीडमा अन्य विभिन्न संस्थाहरुको पनि प्रतिवदेनहरु आइरहेका छन् । वर्षको अन्तिम महिनामा वर्षभरको इन्टरनेट ट्रेन्ड सार्वजनिक हुने गर्छ । 

 

इन्टरनेट

विशेष