खेल

फिफा बरियतामा नेपालको एक स्थान सुधार, पहिलो बेल्जियम

फिफा बरियतामा नेपालको एक स्थान सुधार, पहिलो बेल्जियम

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेका बरियताक्रममा नेपालले आफनो स्थानमा सुधार गरेका छ । सार्वजनिक गरिएको बरियताक्रम अनुसार नेपाल पहिलेको भन्दा एक स्थान माथि आएको छ ।

 

बिहीबार राति सार्वजनिक गरिएको बरियतामा नेपाल १ सय ६१ औं स्थानमा बसेको छ । नेपाल अघिल्लो महिना १ सय ६२ औं स्थानमा थियो । यता दक्षिण एसियामा भने नेपाल तेस्रो स्थानमा छ । 

विश्व बरियताक्रमको पहिलो आर्थात् शीर्ष स्थानमा भने बेल्जियम रहेको छ भने दास्रो स्थानमा यो वर्षको विश्वकप विजेता फ्रान्स रहेको छ । 

दक्षिण एसियाली मुलुक अन्र्तगत भारत र माल्दिभ्स भने नेपालभन्दा माथि छन् ।  भारत समग्रमा ९७ औं स्थानमा यथावत छ । 

 

माल्दिभ्स १ सय ५२ औं स्थानमा, भुटान १ सय ८६ औं स्थानमा छ भने  बंगलादेश १ सय ९२ औं स्थानमा छ । यता पाकिस्तान १ सय ९९ औं र श्रीलंका २ सय एक स्थानमा छ ।

 

बरियताक्रमको तेस्रोमा ब्राजिल, क्रोएसिया चौथो र ईङ्ल्यान्ड पाँचौ स्थानमा छ । पोर्चुगल छैटौं, उरुग्वे सातौं, स्विट्जरल्यान्ड आठौं, स्पेन नवौं र डेनमार्क दशौं स्थानमा छ । 

विशेष