खेल

बिग बास लिगः मेलबर्न र सिड्नी भिड्दै, सन्दिपको डेब्युको सम्भावना 

बिग बास लिगः मेलबर्न र सिड्नी भिड्दै, सन्दिपको डेब्युको सम्भावना 

काठमाडौं । नेपाली युवा खेलाडी सन्दिप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले अष्ट्रेलियामा जारि बिग बास क्रिकेट लिगको पहिलो खेलमा शुक्रवार खेल्दैछ ।


सन्दीपको टिम मेलबर्न स्टार्सले क्यानबेरामा सिड्नी थन्डरविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । मेलबर्न र सिड्नीबीचको खेल नेपाली समय अनुसार दिउँसो २ बजे सुरु हुनेछ ।

सिड्नीविरुद्धको खेलमा सन्दीपले डेब्यु गर्ने सम्भावना रहेको छ । मेलबर्नले आगामी ७ खेलका लागि निकालेको १३ खेलाडीको सूचीमा सन्दीप अटाएपछि उनी प्लेइङ ११ मा पर्ने लगभग निश्चित भएको हो।

 

ग्लेन म्याक्सवेलको नेतृत्वमा रहने टोलीमा पाँच जना क्षमतावान डेब्यु खेलाडीको नाम छ। जसमा नेपाली युवा स्पीनर सन्दिप लामिछानेसँगै ड्वाइने ब्राभो, ट्राभिस डिन, निक लार्किन र लान्स मोरिस छन्। यी पाँचै जना खेलाडी पहिलो पटक मेलबर्नको हरियो जर्सीमा देखिनेछन्। 

विदेशी खेलडी अन्र्तगत शुक्रबार सन्दीपका साथै वेष्ट इन्डिजका ड्यान ब्राभो समेत रहेका छन् ।

बिग बासमा एक टिमले दुई विदेशी खेलाडी खेलाउन पाउने नियम भएको हुदाँ सन्दीप मैदानमा उत्रिने सम्भावना प्रवल छ । 

मेलबर्न ग्लेन म्याक्सवेलको कप्तानीमा मैदान उत्रदा सिड्नी सेन वाट्सनको कप्तानीमा मैदान उत्रनेछ।

 

क्यानबेरा प्रस्थान गर्नुअघि उनले कोच स्टेफन फ्लेमिङ र ड्वेन ब्राभोसँगको तस्वीर ट्वीटमा सेयर गरेका छन् । र, सन्दीपले लेखेका छन्, ‘यात्रा सुरु गर्ने एक उत्तम तरिका ।’


 

विशेष