मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
बिहीबार राति ९ बजेतिर मेचीनगर नगरपालिका- १२ कालिझोडामा मोटरसाइकलले करिब ५० वर्षीय एक पुरुषलाई ठक्कर दिएको थियो।
नाम ठेगाना नखुलेका घाइते पुरुषको उपचारको क्रममा राति नै बिएण्डसी अस्पतालमा मृत्यु भएको छ। ठक्कर दिने मोटरसाइकलको खोजि भइरहेको र मृतकको पनि सनाखत हुन नसकेकाले अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।