खेल

बिगब्यासमा सन्दिपको डेब्यू, मेलबर्नले फिल्डिङ गर्दै

बिगब्यासमा सन्दिपको डेब्यू, मेलबर्नले फिल्डिङ गर्दै

काठमाडौं । नेपाली युवा खेलाडी सन्दिप लामिछाने सम्मिलित मेलबर्न स्टार्स र सिड्नी थन्डर्सबीच खेल सुरु भएको छ । अष्ट्रेलियामा जारी बिग ब्यास लिग अन्र्तगत सिड्नीविरुद्धको खेलमा सन्दीपले डेब्यू गरेका छन्। यो सँगै बिग ब्यासमा आवद्ध हुुने सन्दीप एसोसियट राष्ट्रका पहिलो खेलाडी बनेका छन् । सन्दीप आवद्ध टिम मेलबर्नले  सिड्नी थन्डर्सविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।


ग्लेन म्याक्सवेलको नेतृत्वमा रहने टोलीमा पाँच जना क्षमतावान डेब्यु खेलाडीको नाम छ। जसमा नेपाली युवा स्पीनर सन्दिप लामिछानेसँगै ड्वाइने ब्राभो, ट्राभिस डिन, निक लार्किन र लान्स मोरिस छन्। यी पाँचै जना खेलाडी पहिलो पटक मेलबर्नको हरियो जर्सीमा देखिनेछन्। 

 

विदेशी खेलडी अन्र्तगत शुक्रबार सन्दीपका साथै वेष्ट इन्डिजका ड्यान ब्राभो समेत रहेका छन् ।

विशेष